logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

काेराेना बिरुद्ध लड्न माेदीकाे नयाँ स्टेप, सर्वदलीय बैठकको


  • राजनीति
  • बिहिबार, चैत्र २७ २०७६

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग बुधबार छलफल गरेका छन् । कोरोना भाइरसको सङ्क्रमणविरुद्धको लडाइलाई प्रभावकारी सशक्त बनाउने उद्धेश्यले उनले सर्वदलीय बैठक गरेका अधिकारीहरुले जनाएका छन् ।

लोकसभा र राज्यसभामा पाँचभन्दा बढी सदस्य रहेका दलहरुसँग उनले छलफल गरेको प्रधानमन्त्रीको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । कोरोना भाइरसबाट बच्नका लागि सामाजिक दुरी कायम गर्नु पर्ने भएकाले बैठक भिडियोमार्फत गरिएको थियो । प्रधानमन्त्री मोदीले यसअघि केहीदिन पहिलो मन्त्री परिषद्को बैठक पनि भिडियोमार्फत् नै गरेका थिए ।

मन्त्रीपरिषद् बैठकमा उनले ‘लकडाउन’पछिका लागि विषेश योजना बनाउन संघीय मन्त्रीहरुलाई निर्देशन दिएका थिए । उनले मुख्य दश निर्णयका लागि तयारी गर्न र प्राथमिकताका दश क्षेत्र किटान गर्न मन्त्रीहरुलाई सोमबार निर्देशन दिएका थिए ।

कोरोना भाइरसको सङ्क्रमणका कारण देशका धेरै क्षेत्रमा दिर्घकालिन असर पर्ने भएकाले त्यसको सामना गर्नका लागि विषेश योजना, कार्यक्रम र रणनीतिहरु बनाउनुपर्नेमा प्रधानमन्त्री मोदीको जोड थियो । आन्तरिक उत्पादनलाई जोड दिँदै निर्यात गर्न सकिने नयाँ क्षेत्र र देशहरुको पहिचान गर्न र कार्यान्वयन गर्न सकिने योजनाहरु ल्याउन उनले आह्वान गरेका हुन् । भारतमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि गत मार्च २४ तारिखदेखि लागु हुनेगरी यही अप्रिल १४ तारिखसम्मका लागि २१ दिने देशव्यापी लकडाउन लगाइएको छ ।

बुधबारको सर्वदलीय बैठकमा प्रधानमन्त्री मोदीले कोरोना भाइरस विरुद्धको लडाईका लागि सरकारले गरिरहेका कामका बारेमा जानकारी दिएका थिए । उनले कोरोना भाइरस विरुद्धको लडाई सरकारको मात्रै लडाई नभएकाले साथ दिन सवै दलहरुलाई आह्वान गरेका थिए ।

अहिलेको विषम परिस्थितिमा सवै राजनीतिक दलहरुले संयुक्त बल लगाएर मात्रै कोरोना भाइरस विरुद्धको लडाइलाई सफलता हासिल गर्न सकिने उनको भनाई थियो । बैठकमा सबै दलहरुले हातेमालो गरेर राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिएको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार