logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

रुस केही हप्ता निकै पिडादायीक समय बिताउने छ : पुटिन


  • एजेन्सी
  • बिहिबार, चैत्र २७ २०७६

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी हप्ता मुलुकका लागि निकै कठिन हुने दाबी गरेका छन् । बुधबार बसेको मन्त्रिपरिषद बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । भिडियो कन्फ्रेसमार्फत सम्पन्न बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले भने, आगामी २ देखि ३ हप्ता देशमा कोरोृना महामारीका कारण निकै अप्ठ्यारो स्थिति आउनसक्छ ।’

उनले भने, ‘हामी सबै देशहरको अनुभवहरुलाई अध्ययन गरिरहेका छौं, जसले कोरोना महामारीको सामना गरेर आए, ती अनुभवबाट पनि बुझ्न सकिन्छ कि हाम्रोमा पनि एकदेखि ५ हप्ता निकै गाह्रो हुनसक्छ ।’ उनले यी दिन निकै ऐतिहासिक र अर्थपूर्ण हुने बताउँदै त्यसबेला चिकित्सकहरुले सिफारिस गरेका उपायहरुको पालना गर्दै क्वारेन्टाइनमा बस्न सबैलाई आग्रह गरे ।

रसियामा अहिलेसम्म कोरोना संक्रमणबाट ६० जनाको मृत्यु भैसकेको छ भने ८ हजार ६ सय जनामा संक्रमण भएको पुष्टि भएको छ । -सिएनएनबाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार