logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

काेराेनाबाट ४ नेपालीको मृत्युु


  • राजनीति
  • बिहिबार, चैत्र २७ २०७६

कोरोना भाइरसको संक्रमणबाट बेलायतमा थप तीन नेपालीको मृत्यु भएको छ। उनीहरुमध्ये दुई जनाको बुधबार र अर्का एकको मंगलबार मृत्यु भएको हो।

लण्डनको ह्यारोमा बस्दै आएका ५९ वर्षीय पूर्व गोर्खा चेतप्रसाद गुरुङको मंगलबार लण्डनस्थित नर्थविकपार्क अस्पतालमा निधन भएको हो। पारिवारिक स्रोतकाअनुसार रुघाखोकी, ज्वरो लगायतका लक्षण देखिएर केहि दिन घरमै आइसोलेसनमा बसेका उनी १ साताअघि अस्पताल भर्ना भएका थिए। मधुमेहका रोगीसमेत रहेका उनको स्वास्थ्य अवस्था नाजुक बनेपछि सोमबारदेखि भेन्टिलेटरमा राखिएको थियो।

पर्वत पैंयू स्थायी घर भएका गुरुङ सामाजिक क्षेत्रमा पनि सक्रिय रहँदै आएका थिए। मंगलबार गुरुङको निधन भएकै नर्थविक अस्पतालमा बुधबार अर्का एक नेपालीको पनि निधन भएको छ। नातीको बिहेका लागि केहि महिनाअघि बेलायत आएका अन्दाजी ७७व र्षका मृतक कोरोना महामारीकै कारण नेपाल फर्किन नपाएर लण्डनमै रोकिएका थिए। उनको मृत्यु कोरोनाकै कारण भएको पुष्टि भएपनि परिवारले विवरण गोप्य राख्न चाहेको उनका आफन्तले बताएका छन्। नेपालबाटै सँगै आएकी मृतककी पत्नीसमेत अहिले लण्डनमै छिन्।

बुधबार नै बेलायतको नटिङहममा बस्दै आएका ५८ वर्षीय पूर्व गोर्खा शिव श्रेष्ठको पनि निधन भएको छ। करिब १ साताअघिदेखि आइसोलेसनमा बस्दै आएका श्रेष्ठ श्वासप्रश्वासमा समस्या भएपछि बुधबार बिहान मात्रै अस्पताल भर्ना भएका थिए। बुधबार दिउँसो अस्पतालमै मृत्यु भएका उनलाई ह्दयघातकोसमेत आशंका गरिएको छ। सोलुखुम्बु घर भएका श्रेष्ठका श्रीमती र दुई छोरासहित बेलायतमा बस्दै आएका थिए।

बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीहरुको संख्या ५ पुगेको छ। यसअघि ६६ वर्षीय पूर्व गोर्खा लिलाबहादुर राई र ४० वर्षीय प्रशान्त अर्यालको पनि दुई साताअघि लण्डनमै कोरोनकै कारण मृत्यु भएको छ।

यस्तै अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट थप एक नेपालीको मृत्यु भएको छ ।

स्थानीय समयअनुसार आज बिहान बिहान ५ः१८ मा क्वीन्सको एल्मर्स्ट अस्पतालमा ङिमा तेम्बा शेर्पाको मृत्यु भएको हो ।

शेर्पा किदुगका आजीवन सदस्य समेत रहेका थिए । किदुगका अध्यक्ष उर्गेन शेर्पाले इनेप्लिजलाई दिएको जानकारीका अनुसार दुई दिनअघि नै उनको मृत्यु भएको हल्ला चलेपनि उनको मुटुको चाल बन्द नभएको र आज बिहान अस्पतालले मृत घोषणा गरेको थियो ।

स्वर्गीय शेर्पा कोरोना भाइरस संक्रमणका कारण विगत केही हप्तादेखि अस्पतालमा उपचारारत थिए ।

शेर्पाको निधन भएको उनका दाजु ल्हाक्पा युला शेर्पाले पुष्टि गरेको किदुगले उल्लेख गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार