logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

पुर्व लडाकुको लकडाउन : प्रचण्डको नाममा आत्मह’त्या गर्दैछु


  • राजनीति
  • बिहिबार, चैत्र २७ २०७६

विश्वभर महामारीको रुपमा फैलिएको काेराेनाका कारण करिव ८८ हजारबढीले ज्यान गुमाएका छन भने लाखाैं संक्रमित छन् । नेपाल काेराेनाकाे उच्च जाेखिममा रहेकाे देश हाे । अहिलेसम्म ९ वना संक्रमित छन् यस्तो अवस्थामा सरकारले दुई सातादेखि लकडाउनकाे घाेषणा गरेकाे छ। उता छिमेकी मुलुक भारतमा पनि आजसम्म १४९ जनकाे ज्या’न गएकाे छ भने करिव ५ हजार बढी संक्रमित छन् जाेखिमलाइ न्यून गर्न भारत सरकारले पनि लकडाउनकाे घाेषणा गरेकाे छ, यस्तो अवस्थामा कामकाे सिलसिलामा भारत पुगेका लाखाै नेपाली काे अवस्था निकै कठिन र दयनिय बन्दै गएकाे छ ।

काम खाेजेर भारत हानिएका लाखाै नेपाली मध्यका एक हुन जीवन शक्ति प्युठानी !

उनी अहिले भारत स्थित गुजरातकाे एक हाेटेलमा मजदुरी गर्थे उनी लगायत ४ जना नेपाली ले त्यहा काम गर्ने रहेछन् तर साहुले त्यहा काम गर्ने नेपाली मध्य १ जनालाई  काेराेना संक्रमित भन्दै हाेटेलबाट निकालिदिए । पछि काम दिन नसक्ने भन्दै जिवनसहित अन्य नेपालीहरु हाेटेलबाट निकालिए र  बिगत एक हप्ताबाट सडकमा उनिहरुकाे बाँस भएकाे छ। उनि लगायतका लाखाै नेपाली हरु भारतका विभिन्न ठाउँ तथा सिमामा अलपत्र अवस्थामा छन् र भाेकभाेकै दिनहरु बिताइरहेका छन् ।

यस्तो अवस्थामा सरकार र सराेकारवाला निकाय उद्दार तथा व्यवस्थापन गर्न भन्दा बउदेश नीति अनुसार भारतले आफ्ना नागरिक सरह व्यवहार गर्न अपिल मात्रै गर्छन् भने सरकार कुनै हालत नेपाल प्रवेश गर्न दिने मनसायमा देखिदैन । सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गर्दै बिदेशमा अलपत्र परेका नेपाली काे छिटो उद्दार गर्न आदेश दिए पनि भनिजस्तै गरि उद्दार हुने आस कमै गर्न सकिने देखिन्छ ।

सरकारले यस्ताे संकटकाे घडिमा मानविय समवेदनशीलतालाई मध्यनजर गर्दै उद्दार तथा समन्वय तत्काल गर्न जरुरी छ । तर आजसम्म त्याे प्रभावकारी हुनसकेकाे छैन । यस्तो अवस्थामा भारतीय भूमीबाट गुहार माग्न विवश मजदुर काे कुरा निकै पिडादायिक र दर्दनाक छ। प्युठानबासी जीवन उनी माओवादी जनयु’द्धका क्रममा जनसेना पनि हुन् उनी घाइते छन् शरिरमा गाेलि बाेकेर छाक टार्न भारत हानिएका उनी धिक्कार्दै भन्छन् ‘प्रचण्ड,प्रभाकरण र पासाङकाे नाममा पाेस्टर बनायर आत्मह’त्या गराै जस्ताे लाग्न थालेकाे छ’ हाेटेलमा काम गरिरहेको उनलाई होटलको मेनेजरले होटल बन्द गरि सडकमा पुर्याइदिएको छ ।

काम गरेको पारिश्रमिक नै नदिइ लक डाउन खुलेसी बैक अकाउन्ट्मा हाल्दिउला भनेर अलपत्र पारेको जनयु’द्धका जिउदो सहिद जीवन शक्ति प्युठानी लगायत ३ जना उनका साथीहरुको बास अहिले सडकमा भएको छ।

उनी भन्छन् ‘पिउने पानीमा नै कालो बजारी चलिरहेको र एक बोत्तल मिनरल वाटरको १६० रुपैया पर्ने भएकोले होटलको मालिकले तलब समेत नदिइ सडकको बास छ अब त बाच्ने भन्दा म’र्न बेस जस्ताे लाग्न थाल्याे’ सरकार र तत्कालीन माओवादी नेताहरुप्रती झिनाे आसा राखेका उनले भने नागरिकको उद्दार गर्न यतिबेला नेपाल सरकार सक्षम छ या छैन। यदि छैन भने भारतीय राजदुतावासमा खबर गरु अलपत्र नेपालीलाई क्वारेन्टाइनमा राख्ने जिम्मेवारी नेपाल सरकारको हो कि होइन भन्दै प्रतिप्रश्न गरे ।

गणतन्त्र ल्याउन जिवनम’रणकाे लडाइँ मा हाेमियका हजाराै युवा शरिरभरी गाे’लि लियर बिदेश खाडीमुलुकामा हानिएका छन् । मुलुकको व्यवस्था बदल्न हिजो बलिभेदी चढेका ती योद्दाहरुको आज सडकको बास हुदा सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ कि पर्दैन ? प्रश्न निकै समवेदनशील र जटिल छ । सिमामा अलपत्र नागरिकलाई समेत नेपाल नल्याउने उध्घोष गर्ने नेकपा सरकारको रक्षामन्त्री ले राजदुतावास लाई सम्पर्क गरि आफ्ना नागरिकको जीवनको सुरक्षा गर्नुपर्छ कि पर्दैन ? कतिबेला भारतीय प्रहरीले डन्डा बर्साउछ र पीडा माथी झन पीडा थपिदिन्छ ख्याल गर्नुपर्छ कि पर्दैन ? यस्ता यक्षप्रश्नकाे जवाफ जीवन लगायत लाखाै नेपालीहरुले सिमापारीबाट गरिरहेका छन् ।

हेर्नुस् स्टाटस

त्यस्तै प्रवासमा क्रियाशिल संगठनले गृहमन्त्री रामबहादुर थापा बादललाई फाेन गरी जानकारी गराउन खाेजेकाे र मन्त्री थापाकाे फाेन नउठेकाेे गुनासाे गरेकाछ्न ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार