logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

काेराेना बिरुद्धकाे लडाइ र संसदवादकाे दलाल चरित्र


  • कलम विश्वकर्मा
  • शुक्रबार, चैत्र २८ २०७६

विश्व नै स्तब्ध बनाउनेगरी काेभिडि १९ अर्थात काेराेनाकाे संक्रमण दिनप्रतिदिन उकालाे लागिरहेकाे छ। चिनकाे वुहानबाट फैलिएको भनिएकाे उक्त भाइरस अहिले विश्वका करिव २०५ मुलुकमा फैलिसकेकाे छ । विश्व नै काेराेनाकाे संत्रासमा छ ।  काेराेनाका अगाडि बिश्वका महाशक्ति राष्ट्रहरु लाचार मात्रै हाेइन निस्काम सावित भएकाेे देख्न सकिन्छ ।

यस महामारीबाट विश्वका धेरै मानिसहरूले आफ्नाे परिवार, नातागोता, र आफन्तहरु गुमाएका छन। मानाैै संंसार शोकमा डुवेको छ। कोरोनाको उपचारमा रातदिन खटेका स्वास्थ्यकर्मीहरुको पनि दुखद निदन भयको समाचारहरु आयका छन् । कोरोना भाईरसले  ९२ हजार मानिसहरको निधन भयको छ ।  करिव १६ लाख मानिसहरू संक्रमित भयका छन्। अधिकांश मानिसहरू क्यारेन्टाईन र होम क्यारेन्टाईनमा‌ बसेका छन्। बिश्वमा धेरै मुलुकहरूमा लकडाउन गरियको छ। यतिबेला विश्व मानव समुदाय कोरोनाबाट पिडित भयको छ।

कोरोना माहामारी संसारकै मानब जातिको लागि चुनौती भयको छ। हुनत इतिहासमा मानब जाति प्राकृतिक र किर्तिम‌ चुनौतीको सामना गर्दै आएको छ ।  दिनहुँ सयौँ मानिसहरुको दुखद निदनको खबरले मानव मन र मस्तिष्कलाई तरङित बनायको छ। मानिसहरूको मन भित्र डर पैदा भयको छ। कोरोना महामारीले गरिबी र‌ भोकमारीमा बाचेका मानिसहरुको जीबनलाई वढी प्रभावित बनायको छ।

विश्व शक्तिशाली मुलुक अमेरिकाले कोरोनाबारे चिनलाई आरोप‌ लगायतको छ। अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रमले कोरोना भाईरसलाई चिनियाँ भाईरस नामाकरण गरेका छन् । यसैगरी विस्व स्वास्थ्य संगठनलाई पनि चिनको इसारामा चलेको र यथार्थ सुचना लुकाएको आरोप लगायका छन्‌। अमेरिकाले कोरोनाबाट आफ्ना नागरिकलाई वचाउन सकेको छैन्। अमेरिकामा हजारौं नागरिकहरुले ज्यान गुमाएका छन् । लाखौं नागरिकहरु संक्रमित भयका छन् । कोरोना नियन्त्रण गर्न अमेरिका‌ असफल भयको छ।

कोरोना संंकटले राजनीतिक बहस पनि सतहमा ल्याइदिएको छ ।  मानवजातिको लागि पुँजिवादी ब्यबस्था भन्दा समाजबादी ब्यवस्था जनताको हितमा छ भन्ने तथ्य  उजागर गरिदिएको छ । चिनले भने कोरोना नियन्त्रणमा सफलता पायको छ । आफ्नो मुलुक भन्दा पनि छिमेकी मुलुकलाई पनि चिनले सहयोग गरिरहेको छ। कतिपय मुलुकमा स्वास्थ्य सामाग्री सहित स्वास्थ्यकर्मीहरु पठाएको छ। यतिबेला कारोना नियन्त्रण गर्न चिन कसरी सफल भयो ?  अमेरिका कसरी असफल भयो भन्ने
वहस चलिरहेको छ। सारत:  यो बहस पुँजिवाद र समाजबादको वहस हो भन्ने कुरा प्रमाणित भयको छ।
कोरोना महामारीबाट बाच्न र बचाउन बिस्बका धेरै मुलुकहरूमा लकडाउन गरियको छ।लकडाउनको कारणले विश्व व उद्योगधन्दा, व्यपार, ब्यवसाय, शिक्षणसंस्था,यातयात बन्द गरियको छ। विश्व सबै मुलुकका जनताको ध्यान कोेरोना भाईरसबाट कसरी बाँच्न सकिन्छ भन्ने कुरामा केन्द्रित भयको छ।सिङो विश्व अहिले कोरोना बिरुद्धको सघर्षमा जुटिरहेको छ।कोरोना सबै मानव जातिको शत्रु हो ।

‌‌विश्व अन्य मुलुकजस्तै हाम्रो देश नेपाल पनि यतिबेला लकडाउन गरियको छ । लकडाउनको कारणले मानिसहरू घरभित्र नै बसिरहेका छन्।देशका उद्योगहरू, व्यपार, व्यवसाय,यातयात पुर्ण रुपमा बन्द गरिएका छन्।अहिले सम्म कोरोना संक्रमितको संख्या ९ जना पुगेको छ । सरकारले संक्रमण दोस्रो चरणमा प्रबेस गरेको घोषणा गरिसकेको छ । कतिपय मानिसहरु क्यारेन्टाईनमा र धेरै जसो मानिसहरू होम क्यारेन्टाईनमा बसेका छन्।

लकडाउनको कारणले मजदुरहरु र किसानहरूले काम गर्न पाएका छैनन्।बजारमा महङीले आकाश छोएको छ। कालाबजारी तिव्र रुपमा बढिरहेको छ। महंगी र कालाबजारीको कारणले मजदुरहररु, किसानहरू मात्रै होईन मद्यमवर्गको जीबन पनि संकटमा परेको छ । कोरोना लागि देशभित्र र बाहिरबाट भयको सहयोगमा पनि भ्रष्टाचार भयको छ।गाउँदेखि केन्दसम्मका कतिपय‌ भ्रष्ट  जनप्रतिनिधिहरु, उद्योगी,ब्बवसायीहरु राजनितिकर्मिहरु कमाउने धन्दामा लागेको देखिन्छ। देशभित्र र भरतमा क्यारेन्टाईनमा बसेका व्यक्तिहरुको कोरोना संक्रमणको स्वास्थ्य परीक्षण गरियको छैन।खाने बस्ने ब्यबस्था पनि राम्रो छैन । सबैतिर स्वास्थ्य उपकरण र जनशक्तिको अभाब देखिन्छ। सिमित स्रोत साधन र अभाबको बिजबाट कोरोना बिरुदको संघर्षमा सक्रिय स्वास्थ्यकर्मिहरु, सुरक्षाकर्मीहरु,र इमानदार जनप्रतिनिधिहरु र अन्य सहयोग गर्ने समाजसेवीहरुलाई सम्मान गर्नुपर्छ।कोरोना बिरुद्धको सघर्षमा सबै एक ठाउँमा ‌आउनु पर्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार