logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एक्कासि किन सस्तियाे नेपाली नाेट


  • पत्रपत्रिका
  • शुक्रबार, चैत्र २८ २०७६

कोरोना भाइरसको महामारी सुरु भएयता नेपाली मुद्रा अधिकांश परिवर्त्य विदेशी पैसाको तुलनामा तीव्र दरमा सस्तिएको छ। पछिल्लो १० हप्तामा अमेरिकी डलर ७ रुपैयाँ ८२ पैसा महँगिएको छ। बिहीबार ग्रिनब्याक भनिने अमेरिकी मुद्राको भाउ नेपाल राष्ट्र बैंकले नै १२२ रुपैयाँ ५० पैसा तोकेको छ। यो हालसम्मकै सबैभन्दा महँगो दर हो।

यद्यपि, प्रतिशतको हिसाबले नेपालमा सटही सुविधा भएका मुद्रामध्ये डलरभन्दा पनि हङकङ, जापान र यूएईको मुद्रा ज्यादा महँगिएको छ। गत ३१ जनवरीको मूल्यलाई आधार मान्दा बिहीबारसम्म हङकङ डलर ७.०५ प्रतिशत महँगिएको छ। जापानी येन पनि ६.८४ प्रतिशत महँगिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। यूएई दिह्राम भने डलरकै हाराहारी अर्थात् ६.८२ प्रतिशत महँगिएको छ। बहराइन दिनार, कतारी रियाल, स्विस फ्र्यांक र साउदी अरेबियन रियाल पनि ६ प्रतिशतभन्दा धेरै महँगिएका छन्।

डेनमार्क, युरोजोन, चीन, कुवेत, दक्षिण कोरियाका मुद्रा पनि उच्च दरमा महँगिएका छन्। यसबीच अस्ट्रेलियन डलरको भाउ भने १ रुपैयाँ ४२ पैसा सस्तिएको छ। डलर र अधिकांश मुद्राको तुलनामा भारतीय मुद्रा निकै कमजोर हुँदै गएपछि भारतीय रुपैयाँ (भारु)सँग स्थिर विनिमय भएको नेपाली मुद्रा पनि सस्तिएको हो।

भारतीय मुद्रा निकै कमजोर हुँदै गएपछि भारतीय रुपैयाँ (भारु)सँग स्थिर विनिमय भएको नेपाली मुद्रा पनि सस्तिएको हो।
अन्तर्राष्ट्रिय बजार विश्लेषकले भारत, इन्डोनेसिया र दक्षिण कोरियाली मुद्राको भाउमा आउँदा दिन अझै बढी उतारचढाव आउनसक्ने आँकलन गरेका छन्। फ्रान्सेली वित्तीय संस्था क्रेडिट एग्रिकोलका विश्लेषकलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले आगामी दिन भारु अझै सस्तिनसक्ने उल्लेख गरेका छन्।

भारत र इन्डोनेसियाको चालु खाता घाटा बढ्दै जाँदा भारुसँगै इन्डोनेसियन रुपैयाँ पनि तीव्र दरमा सस्तिनसक्ने आँकलन गरिएको छ। यो अनुमान सत्यतामा बदलिए नेपाली रुपैयाँ अझै सस्तो हुने छ।

विदेशी मुद्रामात्र होइन, सुनको मूल्य पनि अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेको छ। नेपालमा लकडाउन सुरु हुनुअघि निकै फराकिलो दरले सस्तिइसकेको सुन अहिले पुनः उच्चतम विन्दु नजिक पुगेको छ। नेपालमा भने अहिले सुनको कारोबार रोकिएकाले सुनचाँदीको मूल्य निर्धारण स्थगित गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले बताए। तर, अन्तर्राष्ट्रिय बजारमा यही रफ्तारले मूल्य आकाशिए लकडाउन खुलेपछि नेपाली बजारमा सुनको भाउ नयाँ कीर्तिमानी उचाइमा पुग्न सक्ने देखिएको छ।

अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंश १६६७ अमेरिकी डलर पुगेको छ। यसअघि १६८० डलरसम्म पुगेको थियो। पछिल्लो तीन साताको ब्यापार प्रवृित्तले पनि आउँदा दिन सुन अझै महँगिने संकेत गर्छ। सुनसँगै कच्चा तेलको भाउ पनि महँगिन थालेको छ। १९ चैतमा प्रतिब्यारेल २४.७४ डलरमा झरेको कच्चा तेल ब्रेन्टको भाउ अहिले ३४ डलरको नजिक पुगिसकेको छ। यसले आगामी दिनमा नेपाली बजारमा अझै महँगी बढाउन सघाउ पु¥याउने संकेत गर्छ। आजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा खबर छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार