logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

प्रत्येक दिन १ लाखकाे काेराेना परिक्षण गरिने ट्रम्पकाे घाेषणा


  • एजेन्सी
  • शुक्रबार, चैत्र २८ २०७६

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिहिबारको प्रेस ब्रिफिङमा औषधी उत्पादक कम्पनी फाइजरले कोरोनाभाइसलाई पुनरावृत्ति हुन रोक्न सक्ने एउटा आशालाग्दो नयाँ उपचार विधि खोजेको जानकारी दिएका छन् ।

उनका अनुसार यो उपचारका लागि क्लिनिकल ट्रायल पनि निकै चाँडै सुरु हुनेछ ।

ब्रिफिङको क्रममा उपस्थित रहेका उप–राष्ट्रपति माइक पेन्सले अमेरिकाले हरेक दिन एक लाख अमेरिकीमाथि परीक्षण गरिरहेको जानकारी दिए । र प्रशासनले उक्त परीक्षणको संख्या बढाउन प्रयास गरिरहेको पनि उनले बताए ।

उनले यूएसएनएस कम्फर्ट (जहाज अस्पताल) बारे पनि जानकारी दिँदै उक्त जहाजका कारण अस्पतालको अतिरिक्त बोझ हटेको उल्लेख गरे ।

ह्वाइट हाउसका कोरोनाभाइरस टास्क फोर्सका डा. एन्थोनी फाउचीले अमेरिकामा मृत्युदर लगातार बढिरहेको भएपनि सामाजिक दुरीजस्ता प्रतिबन्धको सकारात्मक असर अमेरिकामा परिरहेको बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार