logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

प्रचण्डलाई बास्काेटाकाे प्रश्न, सर्वदलीय संमयन्त्र के सेकाउन चाहियाे ?


  • राजनीति
  • शुक्रबार, चैत्र २८ २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले संविधानले नचिन्‍ने सर्वदलीय संयन्त्रको प्रस्ताव खारेज गर्न माग गरेका छन।

शुक्रबार अपरान्ह सामाजिक सञ्‍जालमार्फत पूर्वमन्त्री बाँस्कोटाले संविधानले नचिन्‍ने सर्वदलीय संयन्त्र के सेकाउन चाहियो? भन्दै प्रश्‍नसमेत गरेका छन्।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार साँझ एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै कोरोना भाइरस (कोभिड–१९’ रोकथाम तथा नियन्त्रणका लागि सर्वपक्षीय संयन्त्र बनाउनुपर्ने बताएका थिए।

दाहालले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारी संयन्त्रमात्रै पर्याप्त नहुने भन्दै सर्वपक्षीय संयन्त्रको खोजेका थिए। त्यसपछि सामाजिक सञ्जालमा प्रचण्डको उक्त प्रस्तावको पक्ष र विपक्षमा टिप्पणी भइरहेका छन्।

पूर्वमन्त्री बाँस्कोटाले पनि प्रचण्डको उक्त प्रस्ताव ठाडै खारेज गर्न माग गरेका छन्। ‘तलदेखि माथिसम्म नै जननिर्वाचित सरकार छन्। सत्तापक्ष र प्रतिपक्ष सबै त्यहाँ कोरोनाविरुद्ध अहोरात्र हातेमालो गरिरहेका छन्’, उनले भनेका छन्, ‘अनिसँगै स्वास्थ्यकर्मी, सेना, प्रहरी, कर्मचारी र नागरिक युद्धमोर्चामै जुटेका छन्। यस्तो बेला संविधानले नचिन्‍ने उच्चस्तरीय सर्वदलीय संयन्त्र के सेकाउन चाहियो? ठाडै खारेज गर, सरकार।’

हेर्नुस् ट्विट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार