logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

इटालीमा लकडाउन थप्दै सरकार


  • एजेन्सी
  • शनिबार, चैत्र २९ २०७६

इटली सरकारले लकडाउन थप्ने निर्णय गरेको छ । प्रधानमन्त्री जिसेप कोन्टेले आउँदो मे ३ तारिख अर्थात वैशाख २१ गतेसम्मका लागि लकडाउन बढाउने घोषणा गर्नुभएको हो । पहिलोपटक गएको फागुन २६ गतेसम्मका लागि गरिएको लकडाउन त्यसयता पटकपटक थप गरेर आउँदो वैशाख २१ गतेसम्म पु¥याइएको हो ।

लकडाउनका कारण इटालीमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्यामा केहि कमी आएको भन्दै लकडाउनको समय बढाउने निर्णय गरिएको प्रधानमन्त्री जिसेप कोन्टेको भनाइ छ ।

गएको २४ घण्टामा इटालीमा ५ सय ७० जनाको ज्यान गएको छ । त्यहाँ अहिलेसम्म सबैभन्दा धेरै १८ हजार ८ सय ४९ जनाको ज्यान गएको छ । सङ्क्रमितका हिसाबले इटली तेस्रो स्थानमा छ । इटलीमा १ लाख ४७ हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ ३० हजारभन्दा धेरै उपचारपछि निको भएका छन् । उज्यालो अनलाईन बाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार