logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

अमेरिकामा काेराेनाबाट ५ लाख बढी संक्रमित १८ हजार ५ सय बढीकाे ज्यान गयाे


  • एजेन्सी
  • शनिबार, चैत्र २९ २०७६

कोरोना भाइरसको नयाँ इपिसेन्टर बनेको अमेरिकामा मात्रै शनिबार बिहानसम्म १८ हजार ६ सय ३७ जनाको मृत्यु भएको छ। अमेरिकामा संक्रमितको संख्या करिब ५ लाख रहेको छ भने निको हुनेको संख्या २८ हजार ७ सय ९० रहेको छ। अमेरिकामा शुक्रबार मात्रै २० हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने एक हजार ३ सयभन्दा बढीको मृत्यु भएको छ। अमेरिकाका ५० वटै राज्यमा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने न्युयोर्क सबैभन्दा बढी प्रभावित भएको छ। कोरोना भाइरसबाट अमेरिकाको योमिङ राज्यमा भने अहिलेसम्म कसैको मृत्यु भएको छैन।

त्यस्तै शनिबार बिहानसम्म इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १८ हजार ८ सय ४९ रहेको छ। त्यस्तै इटालीमा संक्रमितको संख्या करिब एक लाख ४७ हजार रहेको छ। संक्रमितमध्ये करिब ३० हजार निको भएका छन्।

त्यस्तै शनिबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट स्पेनमा १६ हजार ८, फ्रान्समा १३ हजार २ सय १५, बेलायतमा ८ हजार ९ सय ७४, इरानमा ४ हजार २ सय ३२, चीनमा ३ हजार ३ सय ४०, बेल्जियममा ३ हजार १९, जर्मनीमा २ हजार ७ सय ६७, नेदरल्यान्ड्समा २ हजार ५ सय २०, ब्राजिलमा एक हजार ६८, टर्कीमा एक हजार ६ र स्विजरल्यान्डमा एक हजार २ जनाको मृत्यु भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार