logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

३३ किलो सुन प्रकरणका दोषी डिएसपी राउतलाई खोज्न सातै प्रदेश र ७७ जिल्लाका प्रहरी कार्यालयलाई सर्कुलर


  • राजनीति
  • बिहिबार, बैशाख १३ २०७५

काठमाडौं -एकाएक सम्पर्कबिहिन भएका ३३ किलो सुन प्रकरणका दोषी डिएसपी सञ्जय राउतलाई खोज्न सातै प्रदेश र ७७ जिल्लाका प्रहरी कार्यालयलाई सर्कुलर गरेको छ ।
सरकारले गठन गरेको छानबिन समितिको निर्देशनमा सर्कुलर जारी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बुधबार गृहमन्त्रालयमा राउतलाई बयानको लागि बोलाएको थियो। तर बयान दिदै उनी एकाएक सम्पर्कबिहिन भएका थिए। बुधबार समितिले एसपी बिकासराज खनाललाई समेत पक्राउ गरेको थियो । ३३ किलो सुन तस्करी भएको आशंकामा समितिले अहिलेसम्म २० र जिल्ला प्रहरी कार्यालय मोरङले ५ जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार