logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

पर्वतको कालीगण्डकी नदीमा हामफालेर थापामगरको मृ’त्यु


  • रासस
  • शनिबार, चैत्र २९ २०७६

पोखरा-गण्डकी प्रदेशमा नदीमा हामफालेर एकको मृ’त्यु भएको छ भने एकजना डु’बेर बे’पत्ता भएका छन् ।

मृ’त्यु हुनेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका घर भई पर्वतको जलजला गाउँपालिका–३ बारीबेनीमा बस्दै आएका ३५ वर्षीया देवकी थापामगर रहेका छन् ।

पर्वत जिल्लास्थित बारीबेनी दोभानबाट कालीगण्डकी नदीमा हामफालेर थापामगरको मृ’त्यु’ भएको छ । उनको शव १५० मिटर तल लामाखेतस्थित नदी किनारमा भेटिएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

त्यसैगरी पोखरा महानगरपालिका–१ बगरस्थित सेतीनदीमा माछा मार्ने र पौडी खेल्ने क्रममा एक जना बे’पत्ता भएका छन् । पोखरा–१६ दीप बस्ने करिब २४ वर्षीय अमृत मगर डु’बेर बे’पत्ता भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । त्यस्तै पोखरा महानगरपालिका–५ मालेपाटन गोलचौतारास्थित पानीको नहरमा नवजात शिशु मृ’तावस्थामा फेला परेको हो । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार