राजनीति
नेपाल प्रहरीका तत्कालीन एआइजी जयबहादुर चन्दले प्रहरी महानिरीक्षक नियुक्ति सम्बन्धमा दायर गरेको मुद्दा सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्चका न्यायधीशद्वय आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलाशले बिहीबार रिट खारेज गरेको हो।
सरकारले २०७३ फागुन १ गते उनलाई महानिरीक्षकमा बढुवा गरेको र सोही दिन सर्वोच्चले सो निर्णय कार्यान्वायन नगर्न अन्तरकालीन अन्तरिम आदेश दिएको थियो।
एक महिनापछि सो निर्णय खारेज गर्दै कार्यसम्पादन मूल्यांकन आधारमा बढुवा गर्न सर्वोच्चले परमादेश दिएको थियो। चन्दले अवकाश पाएपछि मुद्दाको टुंगो लागेको हो।