कोरोना भाइरसका केही बिरामीमा न्युरोलोजिकल समस्या जस्तै, चक्कर लाग्ने, टाउको दुख्ने र होश गुम्ने समेत देखिएको शुक्रबार सार्वजनिक नयाँ अध्ययन प्रतिवेदनले जनाएको छ ।
चीनमा धेरै अनुसन्धानकर्ताहरुले मिलेर यसबारे अध्ययन गरेका हुन् । उनीहरुले २ सय १४ जना कोरोना भाइरसका बिरामीको लक्षण जाँच गरेका थिए ।
त्यसक्रममा झन्डै आधा बिरामीमा कुनै न कुनै न्युरोलोजिकल समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, ३६ जनामा चक्कर लाग्ने, २८ जना टाउको दुख्ने र १६ जनामा होश गुम्ने लक्षण देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । एकै व्यक्तिमा सिजर्स र अटासिया (बोली स्पष्ट नहुने र अस्थिर रहने ) रोग समेत देखिएको छ । त्यस्तै १९ बिरामीले ‘सेन्सरी ड्यामेज’ (स्वाद र वास्ना थाहा नपाउने ) अनुभव गरेको अध्ययनकर्ताहरुले जनाएका छन् ।
कोरोना भाइरसका कारण विश्वभर १६ लाखभन्दा धेरै संक्रमित भइसकेका छन् भने १ लाखभन्दा बढीको मृ’त्यु भइसकेको छ । -न्यूयोर्क पोस्ट
विदेशीलाइ ट्र्म्पको यस्तो चेता’वनी
काेराेना महामारीका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट आफ्ना नागरिक फिर्ता लैजान आदेश दिएका छन् । कोरोनाको महामारी तीब्र रुपमा फैलिरहेको बेला ट्रम्पले नेपालसहित विश्वका विभिन्न देशहरुलाई सो आदे दिएका छन् ।
राष्ट्रपति ट्रम्पले फिर्ता नलिएमा वा जान अटेर गर्ने विदेशी नागरिकलाई जरिवाना तिर्नुपर्ने एक आदेशपत्रमा हस्ताक्षर गरेका छन् । यो आदेश पत्र जारी भएसँगै अब अमेरिकामा रहने विदेशी नागरिकलाई प्रशासनले जरिवाना तिराउनेछ ।
विदेशी नागरिकले अमेरिकीहरुको सार्वजनिक स्वास्थ्यमा खतरा थपेको भन्दै सम्बन्धित सबै देशहरुलाई समय सीमा भित्रै आफ्ना नागरिक फिर्ता लिन आदेश पत्रमा भनिएको छ ।
अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जारी गरेको सूचनामा भनिएको छ, “अमेरिकाबाट आफ्ना नागरिकलाई फिर्ता लान अटेर वा बिनाकारण ढिलाइ गर्ने देशहरूले अमेरिकामा फैलिरहेको कोरोनाभाइरसको समयमा अमेरिकीहरूको सार्वजनिक स्वास्थ्यमा स्वीकार गर्न नसकिने खालका जोखिम थपिरहेका छन् ।” यो सूचनाको अटेर गर्नेलाई ‘भिसा निषेधाज्ञा’को कारबाही गर्ने जनाइएको छ ।
ट्रम्पको यो आदेश अमानविय भएको बताइएको छ । कोरोना मानिसहरु आवातजावत गरे संक्रमणको खतरा रहेको बेला यसरी मानिसहरुलाई मानिसहरुलाई फिर्ता गर्ने कोरोना फैलाउनु भएको भन्दै विरोध सुरु भएको छ