dªunaf/ a;]sf] ;+ljwfg;efsf] a}7s rln/xFbf ;+ljwfg;efsf] a}7s xn aflx/ ;'/Iff ub}{ ;'/IffsdL{x? . tl:a/ M /Tg >]i7, /f;;
कोरोना भाइरसको महाविपत्तिका कारण जनताले लगातार असुरक्षा महसुस गरिरहेका छन् ।
सुरक्षाकर्मीको अभावमा सीमा नाकासमेत कडिकडाउ हुन सकेको छैन । तर जनताको सुरक्षा र सीमा नाकामा खटाउनु पर्ने सयौं सुरक्षाकर्मी अझै पनि कार्यविधिविपरीत भीआईपीको घर र आवासकै सुरक्षामा खटिइरहेका छन् ।
प्रायः सबै पूर्व प्रधानमन्त्री र मन्त्रीहरु कार्यविधिविपरीत ठूलो संख्यामा सुरक्षाकर्मीहरु आफ्नो आवासमा राख्दै आइरहेको भएपनि फिर्ता गर्न सरकारले कुनै चासो राखेको छैन । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।