logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

ब्रेकिङ्ग.. बागलुङकी एक महिलामा काेराेना, पुष्टि गर्न बाकी ८५८ जनाकाे टेस्ट


  • राजनीति
  • आइतबार, चैत्र ३० २०७६

बागलुङमा आइतवारसम्म ८५८ जनामा र्‍यापिड टेस्ट गरिएको छ। कोरोनाको परीक्षणका लागि बागलुङमा भइरहेको र्‍यापिड टेष्टका क्रममा काठेखोला गाउँपालिकामा एक शंकास्पद बिरामी फेला परेका छन्।

तीर्थयात्रामा भारत गएर फर्किएकी काठेखोला गाउँपालिकाकी ६५ वर्षीया महिलामा कोरोनाको संक्रमण हुन सक्ने संकेत फेला परेको स्वास्थ्य प्राविधिकहरुले जानकारी दिएका छन्।

‘एक जनामा कोरोना भाइरसको शंका देखापरेको जानकारी आएको छ, त्यसको पुष्टिका लागि काम भइरहेको छ’ जिल्ला कमाण्ड पोष्टका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले भने, ‘हाम्रा साथीहरु काम गरिहरेका छन्। थप चेकजाँच भएपछि मात्रै कोरोना भए नभएको पुष्टि हुन्छ।’

संक्रमणको शंका देखिएकी महिलाको परिवारलाई क्‍वारेन्टाइनमा राख्‍न पहल भइरहेको प्रजिअ सैंजुले बताए।

‘किटले पोजेटिभ वा नेगेटिभ देखाए पनि परीक्षण भएकामध्ये १० प्रतिशतको स्वाबसमेत संकलन गर्ने भन्‍ने निर्देशन छ’ स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले भने, ‘शंकास्पद सबैको थ्रेट स्वाब परीक्षण भएपछि मात्रै कोरोना भए नभएको जानकारी हुन्छ।’

जिल्लाका दशवटै स्थानीय तहमा स्वास्थ्य प्राविधिक खटाएर विदेशबाट आएका र शंकास्पद विरामीहरुको जाँच भइरहेको छ। बागलुङमा अहिलेसम्म दुईजना कोरोना संक्रमित भेटिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार