logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

अर्को महाभूल नगर्न भन्दै पूर्व राजा ज्ञानेन्द्रले दिए नयाँ वर्षको यस्तो सन्देश (पूर्णपाठ)


  • राजनीति
  • सोमबार, बैशाख १ २०७७

पूर्व राजा ज्ञानेन्द्र शाहले एकले अर्कालाई निषे’ध गरेर गएमा इतिहासमा अर्को महाभूल हुने औल्याएका छन् । उनले राष्ट्रिय एकतामा जोड दिदै त्यसलाई मनन गरेर नबढ्दा अर्को महामूल हुने बताएका हुन् ।

‘विद्यमान संकटबाट मुक्ति पाउन र भविष्यमा हुने अस्वाभाविक चुनौतीहरुको सामना गर्न हामी बीचको एकता अनिवार्य हुन पुगेको छ,’ नयाँ वर्ष २०७७ को पूर्व सन्ध्यामा पूर्व राजा ज्ञानेन्द्र शाहले विज्ञप्तिमार्फत् भनेका छन्, ‘कसैले कसैलाई निषेध गरेर जाने सोचको आयु समाप्त भएको धरातलीय यथार्थलाई आत्म स्वीकार गर्दै राष्ट्रिय भाव र एकता प्रबलीकरणको मार्ग स्पष्ट गर्न अब पनि सकेनौं भने इतिहासमा अर्को एउटा महाभूल हुने हामीले ठानेका छौं ।’

उनले आफलाई गौण बनाएर देशको सर्वोच्चताको रक्षार्थ राष्ट्र र नेपाली जनताप्रति पर्नसक्ने विभिन्न समयका खतराहरु टार्न आफूले हरसम्भव प्रयासहरु गरेको समेत उल्लेख गरेका छन् । वैदिक सनातन दर्शन, धर्म, संस्कृति, परम्परा तथा जीवन पद्धति नै सर्वश्रेष्ठ र वैज्ञानिक भएको महशुश अहिले विश्व जगतले स्वकार्दै आएको भन्दै सनातनिक सभ्यताको पुनर्जागरणमा जोड दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार