राजनीति
प्युठानमा एकै परिवारका दुई बालबालिकाको घरमै रहस्यमय तरीकाले मृ’त्यु भएको छ।
सरुमारानी गाउँपालिका वडा नम्बर १ बाङ्गेसाल रावल टोलमा हिजो अपराह्न घरमा मृ’तावस्थामा उनीहरु फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक पोषण ढकालले बताए । मङ्गले धामीका दुई वर्षीय छोरा गौरव र पाँच वर्षीया छोरी सिर्जना एकसाथ घरमै रहस्यमय रुपमा मृ’तावस्थामा फेला परेको हो।
सर्पको टोकाइ वा विष सेवनबाट घटना भएको हुन सक्ने स्थानीयवासीको भनाइ छ । दुवै शव परीक्षणका लागि प्युठान अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।