राजनीति
बिद्रोही नेपाल कम्युनिस्ट पार्टी जाजरकोट एरिया न. ४ र अखिल (क्रान्तिकारी) जाजरकोटले विभिन्न चुनौतिको बिचमा कोराना भाईरस (COVID-19) संक्रमन लाई नियन्त्रण गर्न घर दैलो कार्यक्रम गर्दै विभिन्न जनचेतना मुलक संदेश बाड्दै हिँडेको छ । COVID-19 संक्रमनबाट बच्न समाजाई सचेत बनाऔँ, आफू बची अरुलाई पनि बचाऔँ भन्ने मुल नाराका साथ आज भेरी नगरपालिका वडा न. ७ पुन्माम करिब १,००० माक्स बितरण गरेको छ । जनताको घर घरमा पुग्दै अखिल (क्रान्तिकारी) जाजरकोटका जिल्ला अध्यक्ष क. बिराजन शाही “बिजय” अखिल (क्रान्तिकारी) जाजरकोटका जिल्ला सचीव क. दिपेन्द्र सिंह “समीप” युवा संगठन नेपाल जाजरकोट यरिया न. ४ का संयोजक, लोकेन्द्र चन्द र अखिल (क्रान्तिकारी) जाजरकोटका जिल्ला संगठन समिती सदस्य सदस्य सुमन न्यौपाने लगाएतले माक्स बितरण गरेका छन् ।
अखिल (क्रान्तिकारी) जाजरकोटका जिल्ला अध्यक्ष क. बिराजन शाही “बिजय” अनुसार कोराना भाईरस ( COVID-19 ) लाई नेपालमा अन्त्य गर्नको लागि हामी जस्तोसुकै जोखिम मोल्न पनि तयार भएको बताए । अहिलेको दलाल सरकारले हामिलाई आतंककारीको दर्जमा राखेता पनि हामी जनताको सेवक हौँ सरकारले इतिहास पनि भुलिसकेको छ कि हिजो आफू कुन अवस्थाबाट त्यो ठाउँमा पुगेको भन्ने कुरा । सरकारमा बसेका सम्पुर्ण दलाल, तस्कर, भ्रष्ट, मात्र छन् । नियन्त्रणको नाममा कमाउन तिर लागेको कुरा जगजाहेर नै छ । विशेषत यो भाईरसलाई नेपालमा मात्रै होईना बिश्व समाजमनै अन्त्य गर्नका लागि सम्पुर्ण नागरिक सचेत रहनु बाहेक अर्को बिकल्प छैना । त्यसैले सचेत हुुन अपिल गरे ।
अखिल (क्रान्तिकारी) जाजरकोटका जिल्ला सचीव क. दिपेन्द्र सिंह “समीप” ले नयाँ बर्ष २०७७ को शुभकामना दिँदै नआत्तिना र सचेत रहना आग्रह गरे । उनले भने जनतालाई पक्ष र विपक्ष बनाएर राहत बितरण गरेको हामिले बिभिन्ना ठाउँमा देख्यौं जनताद्वारा चुनिएका जनप्रतिनिधि आफ्ना भोट दिएकालाई मात्रै लिस्ट बनाउँदै माक्स तथा साबुन बितरण गर्ने र अरुलाई कुनै पनि वास्ता नगरेको भन्ने जनगुनासा सुनेपछी हामी जनताकै माझम उपस्थित भएका हौँ हामी त्यस्तो गर्ने जो कोहिलाई पनि छोड्नेछैनौँ अखिल क्रान्तिकारीले अझै पनि सचेत नरहे कारवाही गर्ने पनि बताए । हामी निरन्तर रुपमा गरिब, दुखी जनताको घरमै उपस्थित भएर सेवा गरिरहनेछौँ र गर्छौं पनि। अहिले सामाजिक संजालहरुना नाटक गरेर राहत बितरण गरेका पनि देखिरहेका छौँ । त्यस्तो खालको नाटकवाजी बन्द गर्न पनि चेतावनी दिए ।