logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

बुटवलमा काेराेनाकाे आशंकामा एक पुरुष आइसोलेसनमा


  • राजनीति
  • सोमबार, बैशाख १ २०७७

कोरोना भाइरसको आशंकामा भैरहवाको भीम अस्पतालमा एक पुरूषलाई भर्ना गरिएको छ ।

मायादेवी गाउँपालिका १ का ५८ वर्षका एक पुरुषलाई भैरहवास्थित भीम अस्पतालको आइसोलेसनमा कक्षमा राखिएको हो ।

करिब १२ दिनदेखि ज्वरो आउने र केही दिनदेखि खोकी, सास फेर्न ग्राहो हुने तथा पखाला लागेपछि आइसोलेसनमा कक्षमा राखिएको भीम अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए ।

सोमबार बिहान स्वास्थ्य परीक्षण गराउन अस्पताल आएका उनलाई ज्वरो जाँच क्लिनिकमा परीक्षण गरेपश्चात कोरोना भाइरस (कोभिड–१९) को मिल्दोजुल्दो लक्षण देखिएपछि आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको उपाध्यायले बताए ।

‘कोरोना संक्रमित भएको हो, होइन त्यो पुष्टि गर्नका लागि ती व्यक्तिको स्वाब मंगलबार भैरहवाको अञ्चलपुरस्थित गहुँबाली अनुसन्धान केन्द्रमा कोरोना भाइरस परीक्षण प्रयोगशालामा पठाइनेछ, उनले भने ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार