राजनीति
पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टको एकै परिवारमा तीन जनाको र्यापिड टेष्टमा पोजेटिभ आएपछि अस्पताल भर्ना गरिएको छ ।
उनीहरुलाई पाटन अस्पतालमा भर्ना गरिएको छ । पीसीआर विधिबाट नमुना संकलनका लागि उनीहरुको थ्रोट स्वाब लिइएको अस्पतालका निर्देशक विष्णु शर्माले बताए ।
अपार्टमेन्टको इ ब्लकमा बसिरहेका उनीहरु १८ दिनअघि बेलायतबाट आएको खुलेको छ । उनीहरुमा लक्ष्मण देखिएपछि र्यापिड टेष्ट गरिएको थियो ।
अहिले अपार्टमेन्टमा यो ब्लकलाई प्रहरीले सिल गरेको छ ।