logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कोरोना उपचार अब एक सय ११ हस्पिटलले गर्ने (हेर्नुस सुचिसहित)


  • राजनीति
  • मंगलबार, बैशाख २ २०७७

बिश्व ब्यापी स्वास्थ्य आतंकका रुपमा फैलिएको कोरोना महामारीलाई दृस्ठिगत गर्दौ सरकारले संक्रमणको परीक्षण तथा उपचारका लागि देश भरका एक सय ११ वटा सरकारी तथा निजी अस्पताल, मेडिकल कलेज तथा जनस्वास्थ्य अस्पतालहरुको सूची सार्वजनिक गरेको छ । जसमा २५ वटा हब अस्पताल तोकिएका छन् भने ६४ वटा प्रादेशिक अस्पताल र बाँकी ज्वरो क्लिनिक सञ्चालन अस्पतालका रूपमा काम गर्नेछन् ।

कोरोना महामारीको सन्दर्भमा सरकारले सोमबार कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिक जारी गरेको छ । कोरोना संक्रमणबाहेक अन्य विरामीको उपचारमा लापरवाही र कमजोरी हुन नदिन अस्पतालहरुका लागि निर्देशिका जारी गरिएको हो ।

सबै स्वास्थ्य संस्थासम्म सेवाग्राहीको पहुँचका लागि स्थानीय तहले आवश्यक प्रबन्ध मिलाउनुपर्ने निर्देशिकामा उल्लेख छ । कोभिड १९ बाहेक अन्य स्वास्थ्य सेवाहरुलाई निरन्तरता दिनुपर्ने र कुनै पनि बिरामीको उपचार पाउने अधिकार खोसिए सम्बन्धित स्वास्थ्य संस्थामाथि कारवाही बुदा समेत उल्लेख गरिएको छ ।

स्वास्थ सेवा प्रभाहका लागी अन्तरिम निर्देशिकामा कोभिड र अन्य स्वास्थ्य सेवाहरुको निरन्तरताका लागि सबै आकस्मिक तथा गम्भीर सेवाहरु सञ्चालन गर्नुपर्ने र अत्यावश्यक स्वास्थ्य सेवा र एम्बुलेन्ससहित स्वास्थ्य व्यवस्थपनका पक्षहरु सञ्चालन गर्न पनि सबै अस्पताललाई निर्देशन दिइएको छ ।

महामारी कोरोनाको पहिचान तथा उपचार व्यवस्थपनका सन्दर्भमा पनि सरकारले वडा तहका स्वास्थ्य चौकीदेखि ठूला अस्पतालहरुको कार्य क्षेत्र तोकिदिएको छ । सबै स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र प्राथमिक अस्पतालहरुले आधारभूत परामर्श दिनेछन् । उनीहरुले शंकास्पद विरामीलाई नजिकको कोभिड क्लिनिक वा तोकिएको कोभिड अस्पतालमा एम्बुलेन्सबाट पठाउनुपर्नेछ ।

जिल्लास्थित प्रादेशिक अस्पताल र ज्वरो क्लिनिक सञ्चालन गर्ने अस्पतालले आइसोलेशन, नमूना संकलन तथा नमूना सम्बन्धित प्रयोगशालामा पठाउनुपर्नेछ । सबै तहका स्वास्थ्य केन्द्र र अस्पतालहरुमा जनशक्ति नपुगेकाले सरकारको छात्रवृत्तिमा एमडी गरिरहेका चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीलाई परिचालन गरिने निर्देशिकामा उल्लेख छ ।

कोरोना बाहेकका अन्य स्वास्थ्य सेवाहरुको लागि आकस्मिक तथा गम्भीर रोगका सेवाहरु कोभिडका लागि मात्र भनी तोकिएका अस्पतालबाहेक सबै स्वास्थ्य संस्थाले नियमित रुपमा सन्चालन गर्नुपर्ने सरकारको निर्देशिकामा उल्लेख छ ।

हरेक अस्पतालले आफ्नो अस्पतालमा उपलब्ध स्वाथ्य सेवाहरुको लागि कोभिड पोजेटिभ पुष्टि नभएसम्म कनै पनि अस्पतालमा रिफर गर्न नपाउने निर्देशिकमा उल्लेख छ । स्वास्थ्य सेवाका कुनै पनि वाहना तथा आपुर्ति व्यवस्थापनमा कुनै रोक नलगाइने सरकारले जनाएको छ ।

निर्देशिका हेर्न यहा क्लिक गर्नुहोस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार