logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

७ देखि १० दिनसम्म थपिदै लकडाउन, मन्त्रिपरिषद बस्दै


  • राजनीति
  • मंगलबार, बैशाख २ २०७७

सरकारले वैशाख ३ गतेपछि पनि लकडाउन थप्ने तयारी गरेको छ। कति दिन थप्ने भनेर मंगलबार बस्ने मन्त्रिपरिषद बैठकमा छलफल हुनेछ । ‘कम्तिमा ७ देखि १० दिन सम्म लकडाउन थप्ने सरकारको तयारी छ । पछिल्लो अवस्था हेर्दा लकडाउन अझै कडाइ गर्नुपर्ने देखिन्छ। ११ बजे बस्ने मन्त्रिपरिषद बैठकले यसबारे निर्णय गर्ने स्रोतले बताएको छ ।

यसअघि गत मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा अझै केही साता कष्टपूर्ण हुन सक्ने बताएका थिए। उनले कम्तिमा वैशाख दोश्रो सातासम्म लकडाउन हुन सक्ने संकेत दिएका थिए।

प्रधानमन्त्रीले शनिबार सातै प्रदेशका मुख्यमन्त्रीसँग गरेको भिडिओ कन्फरेन्सका क्रममा सातै प्रदेशका मुख्यमन्त्रीले लकडाउन अझै कडा पारी समय बढाउनुपर्ने सुझाव दिएका थिए। उनीहरूले भारतीय सीमानामा कडाइ गर्नुपर्ने मागसमेत राखेका थिए। भारतमा पनि तीन साताका लागि गरिएको लकडाउन अवधि आज सकिँदैछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार