logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

काेराेनाबाट एक नेपालीकाे मृ’त्युु


  • राजनीति
  • मंगलबार, बैशाख २ २०७७

कोरोनाभाइरस (कोभिड १९) को संक्रमणले बेलायतको रेडिङ्खमा बस्दै आएका ६५ वर्षीय लक्षिण बहादुर गुरुङको सोमबार बिहान निधन भएको छ । रेडिङस्थित बर्कशायर अस्पतालमा उपचारका क्र’ममा नि’धन भएको बताइएको छ ।

अस्पताल भर्ना भएपछि उनलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो । पछिल्लो १ साता उनलाई भेनिलेटरमा राखेर उपचार गरिएको  थियो ।

नियमित रुपमा शारीरिक व्यायाम गर्ने गुरुङलाई अन्य रोग नरहेको बताइएको छ । कास्की जिल्लाको घान्द्रुक घर भएका गुरुङका श्रीमती र दुई छोरीहरु बेलायतमा नै बस्दै आएका थिए ।

‘सिक्स जीआर डब्लुओ टू’ का रिटाएर्ड गोर्खा गुरुङ केहि वर्ष पहिला घान्द्रुक समाज रेडिङ्कका अध्यक्ष समेत रहेका थिए ।

अहिलेसम्म बेलायतमा कोरोनाकै संक्रमणबाट ६ जना पूर्व गोर्खा सैनिकको ज्या’न गइसकेको छ । बेलायतमा कोरोनाबाट ज्या’न गुमाउने नेपालीको संख्या भने ९ जना पुगेको छ भने बेलायतमा मात्र १० हजार भन्दा बढीले ज्या’न गु’माएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार