logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

१० महिना देखि हिरासतमा ‘लोकेन्द्र बिक’ किन बोल्दैनन् मानवअधिकारकर्मी ?


  • अखिल बिश्वकर्मा
  • बुधबार, बैशाख ३ २०७७

विश्व कोरोना संक्रमणले आ’क्रान्त छ । हाम्रो मुलुक पनि कोरोनाको संक्रमण बाटै गुज्रिएको छ । पछिल्लो समय कोरोना सन्क्रमण जोखिमलाइ मध्यनजर गर्दै महान्यायाधिवक्ता अग्नी खरेलले गम्भीर अ’पराध बाहेकका सबै कै’दी बन्दी रिहाइ गर्ने बिषय बताएका थिर । लगतै केहि ब’न्दिहरु समेत छुटिसकेका छन ।

आस्थाकै आधारमा अहिले पनि झन्डै १५०० जना विप्लव नेकपाका नेता कार्यकर्ता जे’ल र हि’रासतमा नै छन । त्यसैका मध्यका एक उदाहरण हुन नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कास्कीका तत्कालीन सेक्रेटरी लोकेन्द्र बिक ‘सुजन’। जसलाइ बिगत १० महिना देखी प्रहरीले विभिन्न जिल्लाका हि’रासतहरुमा डुलाइराखेको छ ।

अदालतले रिहाइ गरे पनि एउटै शिर्षकका मु’द्दामा फरक फरक जिल्ला घुमाउनु कति न्यायोचित हुनसक्छ ? यस तर्फ मानव अधिकार आयोग, विभिन्न मानवअधिकारवादी संघ संगठनको गम्भीर ध्यान आकर्षण हुनु पर्ने एक राजनीतिक विष्लेषकको भनाइ रहेको छ । उनले एउटै मुद्दामा पटकपटक गि’रफ्तार गर्नु र एउटै प्रकृतिका मुद्दामा ब्यक्ती पिच्छे फरक फरक ब्यवहार गर्नु कानुनी राज्यको उपहास हुने धारणा राखेकाछ्न ।

यदि महान्यायाधिवक्ताको कुरालाइ हेर्ने हो भने पनि उनलाइ न कुनै गम्भीर अपराधको मु’द्दा दर्ता छ,न अदालतबाट कुनै कसुरमा दो’षी ठहर जे’ल नै चलान गरिएको छ । यस्ता प्रकृती बाट जे’ल र हि’रासत भरिभराउ गर्ने र बढी केस दर्ता गर्ने सोच बाट मुक्त हुनु पर्ने देखिन्छ । साउन १२ गते कास्की बाट गिरफ्तार परेका लोकेन्द्र बिक ‘सुजन’ १२ वर्षको उमेर देखी जनयु’द्धमा सहभागी भएका ब्यक्ती हुन । बझाङ्ग स्थायी घर भएका उनि जनयु’द्धकालिन गण्डक अभियान देखीनै कास्कीमा काम गर्दै आएकाछ्न । युवाहरु बिच लोकप्रिय छवी बनाएका सुजनको गि’रफ्तारी र लामो समयको हि’रासत बसाइले पार्टी भित्र र बाहिर बिभिन्न शंका लाग्न थालेको परिवारको गुनासो रहेको छ ।

लगातार १० महिना देखी हि’रासतमा रहेका उनलाइ अहिले पनि अभद्र ब्यवहारको मु’द्दा दर्ता गर्दै बिभिन्न जिल्लाहरु घुमाएको परिवारको भनाइरहेको छ । उनलाइ गण्डकका ,कास्की,तनहुँ ,स्याङ्जा पर्वत बाग्लुङ हुदै बैशाख २ गते मात्र म्याग्दी जिल्ला पुर्याएको छ ।

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा कास्कीका सेक्रेटरी लोकेन्द्र विक ‘सुजन’ लाई प्रहरीले कार्यक्षेत्र गएकै केहि दिनमा गि’रफ्तार गरेको थियो । सुजनलाइ जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले गत साउन १२ गते दिउसो साढे ३ तिर गि’रफ्तार गरेको थियो । गि’रफ्तार पछि उनलाइ प्रहरीले या’तना समेत दिएको नेकपा स्रोतले बताउछ ।

पार्टी कामको शिलशिलामा रहेका सेक्रेटरी विकलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखराको मालेपाटनबाट गि’रफ्तार गरेर केहि समय उनको अवस्था अज्ञात राखेको थियो । त्यस अगाडी तनहुँ जिल्लाको सेक्रेटरी समेत रहेका विक कास्कीका सेक्रेटरी आक्रोश गिर’फ्तार परेपछि सरुवा भएर कास्की आएका थिए ।

त्यसअघिका सेक्रेटरी आ’क्रोशसँगै प्रहरीले अखिल क्रा’न्तिकारीका मिलन राइ र काजी गुरुङ्ग सहित २२ जना नेता कार्यकर्तालाई एकै पटक कास्कीको घान्द्रुकवाट गिर’फ्तार गरेको थियो । सो बेला गिर’फ्तार परेका सबै लामो समयको हिरासत पछी छुटेका छन । पछिल्लो समय नेकपा तनहुँका इन्चार्ज उभार गि’रफ्तार परेर झन्डै दुइ महिनाको हि’रासत बसाइ पछि छुटिसकेका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार