logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

अमेरिकामा संक्रमित ६ लाख बढी, अवस्था झन जटिल


  • पत्रपत्रिका
  • बुधबार, बैशाख ३ २०७७

पछिल्लो समय कोभिड–१९ को इपिसेन्टर बनेको अमेरिकामा संक्रमितको संख्या ६ लाख नाधेको छ। जोन हप्किन्स यूर्निभसिटीको तथ्याङकअनुसार अमेरिकामा हालसम्म संक्रमितको संख्या ६ लाख ५ हजारभन्दा धेरै पुगेको छ भने मृतकको संख्या २५ हजार ५ सय नाधेको छ।

समयमै उचित कदम चाल्न नसकेको अमेरिकाले अहिले दैनिक ठूलो संख्यामा मानवीय क्षति बेहोेरिरहेको छ। यहाँसंक्रमित हुने र ज्यान गुमाउनेको संख्या दैनिक तीब्र गतिमा थपिने क्रममा छ। अन्य मुलुकको तुलनामा अमेरिकामा कोरोना भाइरसका कारण अवस्था झनै जटिल बन्दै गइरहेको छ।

यो समाचार तयार पार्दासम्म संसारकै वित्तिय राजधानी मानिने न्यूयोर्कमा मात्रै संक्रमितको संख्या २ लाख २ हजार पुगेको छ भने मृतकको संख्या १० हजार ८ सय नाधेको छ। बाक्लो जनसंख्या रहेको न्यूयोर्कमा सार्वजनिक सवारीमा मानिसहरुले यात्रा गरिरहेका कारण र ठूलठुला भवनहरुमा मानिसहरु बस्ने गरेका कारण पनि यहाँ संक्रमित संंगै मृतकको संख्यामा बृद्धि भएको अमेरिकी सञ्चार माध्यमहरुले बताउदै आएका छन्।

अमेरिकामा न्यूयोर्कपछि बढी संक्रमित हुने राज्य न्यूजर्सी हो। न्यूजर्सी राज्यमा ६८ हजार संक्रमित छन्, भने २८ सय भन्दा बढीले ज्यान गुमाएका छन्। अमेरिकामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ५ जना गैरआवासीय नेपालीले ज्यान गुमाइसकेका छन्, भने कम्तीमा २ सय जनासंक्रमित रहेको यहाँ सक्रिय सामाजिक अभियान्ताहरु बताउछन्। संक्रमित नेपालीको यकिन संख्या सरकारी निकायमा पनि छैन्। आजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा खबर छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार