तनहुँ – बन्दीपुर गाउँपालिका–४ स्थित लोहीपाखामा पासो बनाइ राखिएको खोरमा आज बिहान एक चि’तुवा फेला परेको छ । चितुवाबाट धेरै बालबालिकाको ज्या’न गएपछि डिभिजन वन कार्यालयले काठको खोरमा पासो थापेको थियो ।
खोरमा परेको यो आठौँ चि’तुवा रहेको वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए। सोही क्षेत्रमा गत माघ १३ गते चि’तुवाको आक्रमणबाट ११ वर्षीय इशाक विश्वकर्माको ज्यान गएको थियो । पासो थापेको खोरमा चि’तुवा फेला परेको जानकारी प्राप्त भएको र आफू त्यसतर्फ जाने तयारी गरेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए ।
चि’तुवाको आ’क्रम’णबाट तनहुँमा दुई वर्षको अवधिमा नौ बालबालिकाको मृ’त्यु हुनुका साथै सात घाइते भएको डिभिजन वन कार्यालयका सहायक वन डिभिजन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए । वन कार्यालय र सामुदायिक वनको संयुक्त प्रयासमा जिल्लाका १६ स्थानमा १६ खोर निर्माण गरी राखिएको उनले बताए । रासस