पोखरा – स्याङजा ओरेष्टेमा बिजुलीको पोल गाड्ने क्रममा लडेर घाइते भएका तामाङको उपचारको क्रममा पोखरा क्षेत्रीय अस्पतालमा मृ’त्यु भएको छ।
दोलखा सैलुङ–८ भैसे घर भई स्याङजाको ओरेष्टेमा काम गरी बस्ने वर्ष २८ को सुकलाल तामाङको छातीमा भित्री चोट सोमबार दिउँसो अस्पतालमा भर्ना गरिएकोमा मंगलबार बिहान ७ः४५ बजे उपचारकै क्रममा उनको मृ’त्यु’ भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएका छन ।
विजुलीको पोल गाड्ने क्रममा चैत ३० गते लडेर घाइते भएका तामाङलाई जिल्ला अस्पताल स्याङजामा लगिएकोमा अस्पतालले सामान्य भनेर औषधी दिइ पठाएको र भोलिपल्ट बान्ता भएर सोहि अस्पताल पुगेका तामाङलाई अस्पतालले पोखरा रिफर गरेको प्रहरीले जनाएको छ ।