हावाहुरीसहित परेको च’ट्याङले लागेर बागलुङमा मात्रै १० जना घाइते भएका छन् ।
बागलुङ नगरपालिका–६, ७ र ८ काठेखोला गाउँपालिका ७ र जैमिनी नगरपालिका–५ मा मङ्गलबार साँझ र बिहान परेको च’ट्याङले लागेर उनीहरु घाइते भएका हुन् ।
घाइतेहरुको धवलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको अस्पतालका डा।ढुण्डीराज पौडेलले बताए । रासस