राजनीति
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्गलबार राति र्यापिड डाइग्नोस्टिक (द्रुत परिक्षण) किटबाट कोरोना परीक्षण गर्दा दुईको पोजिटिभ आएको छ। किटबाट कोरोना परीक्षण गर्दा खडग नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका दुई जमातीको रिपोर्ट पोजिटिभ आएको हो।
रिपोर्ट पोजिटिभ आएपछि दुई जनालाई राजविराजस्थित अस्पतालमा आइसोलेशनमा राखिएको छ। अस्पतालले सात जनाकै स्वाब परीक्षणका लागि राति नै धरानस्थित बि।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ। अन्य पाँच जनालाई खडग नगरपालिकास्थित क्वारेन्टाइनमा पठाइएको छ।
यापिड डाइनोष्टिक टेष्टमा दुई जनामा कोरोना पोजेटिभ पाइएपछि सप्तरीका २ वडामा सिलबन्दी गरिएको छ । जिल्लाका तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ तिलाठी र खडक नगरपालिका वडा नम्बर ११ जाजरलाई शिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जानकारी दिएको छ । भारतको दिल्ली मरकजबाट फर्केका ७ जनाको मंगलवार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा र्यापिड डाइनोष्टिक टेष्ट गर्दा दुई जनामा कोरोना पोजेटिभ पाईएको थियो ।
कोरोना पोजिटिभ पाइएका दुबै जनाको स्थायी ठेगाना त्यही रहेकोले जिल्ला सुरक्षा समितिको बैठकले शिलबन्दी गर्ने निर्णय गरेको हो । ती वडामा शिलबन्दी गरेलगत्तै ब्यापक सुरक्षा सतर्कता बढाइएको छ । नतिजा पोजेटिभ देखिएका दुवै जनाको सम्पर्कमा आएका व्यक्तिहरुको समेत खोजी थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिए ।
यता, मंगलबार राती नै सातै जनाको स्वाब संकलन गरि पीसीआर परिक्षणका लागि धरानस्थित बिपी कोइरला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा। चुमनलाल दासले जानकारी दिएका छन् ।