logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

काेराेनाेबाट थप एक नेपालीकाे मृत्युु


  • राजनीति
  • बिहिबार, बैशाख ४ २०७७

कोरोना भाइरस (कोभिड १९) बाट संक्रमणबाट बेलायतमा थप एक नेपालीको मृत्यु भएको छ । यससँगै बेलायतमा काेराेनाबाट ज्यान गुमाउने नेपालीकाे संख्या १० पुगेकाे छ ।

बुधबार थप एकजना पूर्व गोर्खाको निधन भएको हो । बेलायतस्थित साउथ ईस्ट लण्डनको प्लमस्टिडमा बस्दै आएका ५८ वर्षीय लक्ष्मण श्रेष्ठको कोरोनाको संक्रमणबाट निधन भएको हो । उनी स्थानीय पशुपतिनाथ मन्दिरमा आजीवन सदस्य पनि थिए ।

पुर्ख्यौली घर स्याङ्जा भएका श्रेष्ठ सन् २०१० देखि बेलायतमा बस्दै आएका हुन् । उनका श्रीमती, एक छोरा र तीन छोरी छन् ।

सामान्य रुघाखोकी र पखालाका कारण समस्या उत्पन्न भएपछि ३१ मार्चका दिन साउथ ईस्ट लण्डनको क्वीन एलिजावेथ अस्पताल पुर्याइएको थियो ।

अक्सिजनको मात्रा कम देखिएका श्रेष्ठलाई भोलिपल्ट नै भेन्टिलेटरमा राखिएको थियो । दुई दिनपछि उनलाई लन्डनको गाइज अस्पतालमा सारिएको थियो ।

अस्पताल भर्ना भएको चौथो दिनमा उनलाई कोरोनाको पूष्टि भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार