logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

अमेरिका छिट्टै खुल्छ : ट्रम्प


  • एजेन्सी
  • बिहिबार, बैशाख ४ २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कोरोना भाइरस (कोभिड १९) महामारीको उत्कर्ष पार गरिसकेको बताएका छन् । उनले अब केही राज्यहरु यही महिनादेखि पुन खुलाउन थाल्ने बताएका छन् ।

राष्ट्रपति कार्यालय ह्वाइटहाउसबाट दैनिक ब्रिफिङका क्रममा उनले राज्यहरु फेरि खुला गर्ने विषयमा राज्यका गभर्नरहरुसँग कुरा गरेपछि बिहीबार घोषणा गर्ने बताएका छन् ।

‘हामी फेरि फर्किन चाहन्छौं, उनले भनेका छन् ‘हामी चाहन्छौं कि हाम्रो देश फेरि फर्कियोस् ।’ अमेरिकामा अहिलेसम्म ६ लाख ३५ हजार जनामा कोरोना भाइरस संक्रमण भइसकेको छ भने २८ हजार भन्दा धेरैको मृत्यु भएको छ ।

‘यो तथ्यांकले देशब्यापी रुपमा हामी उत्कर्षमा पुगेको संकेत दिन्छ’ ट्रम्पले भनेका छन् । ट्रम्पले ३३ लाख जनाको कोरोना भाइरस संक्रमण परीक्षण गरिसकिएको जानकारी गराएका छन् । ‘यसले हामीलाई अमेरिका फेरि खुला गर्ने रणनीति बनाउन बलियो अवस्थामा पुर्‍‍याएको छ’ उनले भनेका छन् ।

अमेरिकी राष्ट्रपति कार्यालयले आउँदो मे महिनाको एक तारेखबाट अमेरिका खुला गर्ने विषयमा तयारी गरिरहेको छ । तर ट्रम्पले कुनै कुनै राज्य त्यसअघि नै खुला गर्न सकिने बताएका छन् । ‘मलाई लाग्छ, त्यो समय धेरै उत्साहजनक हुनेछ’ उनले भनेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार