logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

अमेरिकाले चरम संकटकाे समय पार गरिसक्याे : ट्रम्प


  • एजेन्सी
  • बिहिबार, बैशाख ४ २०७७

अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले अकेरिकाले चरम संकटकाे समय पार गरेकाे दावी गरेका छन् । उनले अब बिस्तारै काेराेना भाइरस नियन्त्रणमा आउने आसा ब्यक्कत गरेका छन् । जवबि आज बिहानकाे तथ्यांकअनुसार अकेरिकामा अहिलेसम्म कै उच्च मृत्युुदर अर्थात २१ घन्टा मा २२ सयकाे हाराहारीमा मानिसहरुकाे मृत्युु भएकाे छ ।

जोन होपकिन्स युनिभर्सिटीका अनुसार संसारभरी कोरोनाभाइरस संक्रमितको संख्या बढेर २० लाख ६० हजार पार गरिसकेको छ । जबकी मृतकको संख्या एक लाख ३४ हजारभन्दा बढी छ ।

संसारका सबैभन्दा धेरै संक्रमित अमेरिकामा छन् र मृतकको संख्या पनि सबैभन्दा धेरै अमेरिकामा नै छ । अमेरिकामा मृतकको संख्या २८ हजारभन्दा बढी छ । जबकी संक्रमितको संख्या ६ लाख ३७ हजारभन्दा बढी छ ।

अमेरिकापछि दोस्रो सबैभन्दा प्रभावित देश इटली हो । जहाँ मृतकको आँकडा २१ हजार पार छ । इटलीमा संक्रमितको संख्या १ लाख ६५ हजारभन्दा बढी छ ।

इटलीपछि सबैभन्दा धेरै मृत्यु स्पेनमा भएको छ । स्पेनमा अहिलेसम्म १८ हजार ८ सय १२ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । जबकी एक लाख ८० हजारभन्दा बढी संक्रमित भएका छन् ।

यस्तै, ब्रिटेनमा मृतकको संख्या १२ हजार पार छ । यहाँ ९९ हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।

आइएमएफका अनुसार कोरोनाभाइरसका कारण यो वर्ष एशियाको आर्थिक वृद्धि ६० वर्षमा पहिलो पटक रोकिनेछ ।

जी–२० समूहका देशले संसारभरीका सबैभन्दा गरिब देशमध्ये ७७ वटा देशको ऋण चुक्ता गर्नुपर्ने म्याद थप गर्नेमा सहमती गरेका छन् ।

चीनले कोभिड–१९ का बिरामीको उपचारका लागि सुरु गरिएको अस्पतालमध्ये एउटालाई बन्द गरेको छ । कोभिड–१९ का लागि विशेषगरी तयार पारेर राखिएका यी अस्पताल केही दिनभित्रै तयार भएका थिए ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोनाभाइरसको सबैभन्दा खतरनाक स्थिती बितिसकेको र अमेरिकाका केही राज्य चाँडै नै खुल्ला हुने कुरामा आशा गरेको जानकारी दिए । ह्वाइट हाउसमा दैनिक रुपमा आयोजित पत्रकार सम्मेलनका बेला ट्रम्पले प्रतिबन्ध हटाउनका लागि तोकिएको नियमको घोषणा राज्यका गर्भनरसँगको कुराकानीपश्चात् बिहिबार सार्वजनिक गरिने बताएका छन् ।

जर्मनीका चान्सलर एंगेला मर्केलले कोरोनाभाइरसको संक्रमण रोक्नका लागि चलिरहेको प्रतिबन्ध बिस्तारै समाप्त हुने बताएकी छिन् । यद्यपि, सामाजिक दुरीको नियमलाई कम्तीमा मे ३ सम्म लागू गर्ने जानकारी दिएकी छिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार