logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

ओलीको खोक्रो राष्ट्रवाद लम्पसारवादमा परिणत- शेरबहादुर देउवा


  • राजनीति
  • सोमबार, बैशाख १७ २०७५

File photo of CPN-UML Chairman KP Sharma Oli (left) and Nepali Congress President Sher Bahadur Deuba. Photos: THT

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको खोक्रो राष्ट्रवाद लम्पसारवादमा परिणत भइसकेको बताएका छन्।

सोमबार धनगढी विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘ओली खोक्रो राष्ट्रवाद प्रधानमन्त्री भएपछि लम्पसारवादमा परिणत भइसकेको छ।’

सरकार तानाशाही ढंगले अघि बढ्न खोजेको उनको आरोप पथियो। लोकतन्त्र मासेर आयातित कम्युनिस्ट शासन लाद्न सरकारले प्रयास गरिरहेको देउवाले बताए। एक तन्त्रीय शासन मान्य नहुने भन्दै उनले सरकार नसच्चिए बाध्य भएर आन्दोलनमा जाने चेतावनी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार