logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

महाराजगन्जका प्रहरी प्रमुख लम्साल माथी कार्वाही


  • राजनीति
  • बिहिबार, बैशाख ४ २०७७

वि. शिक्षण अस्पताल महराजगञ्जमा कार्यरत डाक्टरहरुमाथि प्रहरीले कुटपिट गरेको विषयमा छानबिन गर्न महानगरीय प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ ।

बुधबार महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुखसहितको टोलीले शिक्षण अस्पतालमा कार्यरत डाक्टरहरु शम्भु खनाल, तेजप्रकाश साह र विकास शाहमाथि अस्पतालमा खाना खाएर फर्कने क्रममा अभद्र व्यवहार गर्नका साथै डा. खनाललाई कुटपीटसमेत गरेको समाचार प्रकाशित भएको थियो ।

प्रहरीले यसबारे छानबिन गर्न वरिष्ठ उपरीक्षक किरण बज्राचार्यको संयोजकत्वमा प्रहरी उपरीक्षक मुकेश सिंह र प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटी रहेको छानबिन समिति गठन गरेको छ । साथै, घटनामा संलग्न रहेका महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्ष उमेश लम्साललाई प्रमुखको जिम्मेवारीबाट हटाइ कार्यालयबाट झिकाइएको छ । त्यस्तै, घटनामा संलग्न अन्य प्रहरी कर्मचारीलाई पनि कार्यालयमा झिकाई आवश्यक छानविन कार्य भइरहेको जनाइउको छ ।

यसअघि, कुटपिट गर्ने प्रहरीलाई बिहीबार स्वास्थ्य मन्त्रालयमा बसेको सरोकारवालाहरुको बैठकले दोषीमाथि विभागीय कारबाही गर्ने र लिखितरुपमा माफी माग्ने सहमति भएको थियो । मन्त्रालयमा बैठक बसेर दुवै पक्षबीच प्रहरीलाई कारवाही गर्ने सहमति भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटी, र पिडित चिकित्सक, नेपाल चिकित्सक संघलगायतका प्रतिनिधि बैठकमा सहभागी भएका थिए ।

सजाय के–के हुन्छ ?

कोभिड १९ को उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई कुटपिट तथा हातपात गर्नेलाई १ वर्षसम्मको कैद सजाय हुन्छ । मन्त्रिपरिषद्को निर्णयअनुसार कोरोनाभाइरस (कोभिड–१९) को उपचारमा खटिने डाक्टर, नर्स प्राविधिक स्वास्थ्यकर्मीलाई हातपात गर्ने, ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई हातपात गरे सरह कारबाही गर्ने चैत २२ गते बसेको मन्त्रीपरिषद्को बैठकले निर्णय गरेको थियो ।

मुलुकी अपराध संहिता २०७४ को दफा ६६ (१) मा राष्ट्रसेवकलाई बाधा विरोध गर्ने व्यक्तिलाई एक वर्षसम्मको कैद वा दश हजार रुयैयाँसम्म जरिवाना वा दुवै सजाए हुने भनेर उल्लेख गरिएको छ । पीडित स्वास्थ्यकर्मीले कानुनी कारबाहीका लागि सिधै सिडिओ कार्यालयमा उजुरी दिनसक्ने व्यवस्था छ । मुलुकी अपराध संहिता २०७४ को दफा ६६ (१) मै कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने भनेर उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार