दलाल पुजिबाद बर्तमान विश्वमा स्थापित एकाधिकारबादी साम्राज्यवादि अर्थतन्त्रको आधार भुत चरीत्र हो।यसले सर्बप्रथम आफ्नै देशभित्रका जनताहरुलाई चरम उपभोक्ताबादी बस्तुमा परिणत गर्छ।यीबस्तुरूपी उपभोक्ताहरुको मुख्य काम भनेको आफ्नो श्रम र सिपलाई सस्तोमा बेचेर एकाधिकारबादी बजारप्रणालीमार्फत लादिएका उपभोग्य बस्तुहरुको महँगो मुल्यमा बिक्रीवितरण गर्नु हो।
यसमा उपभोक्तहरुले आफुले चाहेको आफ्नो हैसियत अनुसारको बस्तु छ्नोट वा खरिद गर्ने अधिकार रहदैन ।यसभित्र कुनै बस्तुहरु भौगोलिकसङ् जोडिएका हुन्छन् ,भने कुनै,बस्तुहरु ठुलो परिमाणमा उत्पादन भएका कारण सस्ता पनि हुन्छन् तर ,गुणस्तरका दृष्टिले कमसल पनि । दलाल पुजीवादीको बिकास र बिस्तारका लागि मुलत :निजि कम्पनी र त्यसमा पनि बहुराष्ट्रिय कम्पनीहरुको स्थापना र संचालन मुख्य आधार हो ।
बहुराष्ट्रिय कम्पनीको आवस्यकता यस अर्थमा कि एकाधिकार पुजीवादिहरु आफ्नो देशभित्रको बजारमाथी कब्जा जमाईसकेपछी अन्य देशतिर आक्रसित हुन्छन् ।अन्य देशमा गएर ब्यापार र बजार नियन्त्रणका लागि विभिन्न सर्तहरु पुरा गर्नुपर्ने हुन्छ ,जस्तै : आफ्नो पुजि लगानी र ब्यापारको संवद्रनका लागि आफ्नै राष्ट्रिय सरकारको सहयोग संरक्षण तथा अथिती राष्ट्रका नियमकानुन हरुको पालना गरिब राष्ट्रहरुमा प्रभावकारी नियमकानुन्नहरुको अभाव हुने हुनाले बहुराष्ट्रिय कम्पनीहरुका लागि यी गरिब रास्ट्रहरुका शोषण र मुनाफाका दृष्टि ले सुनखानी वा स्वर्ग हुन अफ्रिकाका गरिबिहरुलाई श्रमिक बनाएर उत्खनन ,प्रसोधन,र निर्यात गरिने सुन र हिरामोती कतिपय पश्चिम्मा मुलुकहरुमा बिधामान आर्थिक समृदिका मुख्य आधार हुन।बेल्जियम र नेदरल्यान्डस यसका केही उदाहरणिय देशहरु हुन ।
सम्पन्न देशहरुमा बहुराष्ट्रिय कम्पनीहरु खासै फस्टाउन सक्दैनन् ।बिज्ञान तथा संचार प्रबिधिहरु केही अपबादमात्रै हुन,जस्तै : मोबाइल फोन, ल्यापटप ,आदि,। निरन्तर नाफा गरिरहनका लागि गरिब भनिएका वा बनाईएका १८० भन्दा बढी एसिया ,अफ्रिका र दक्षिणअमेरिकाका रास्ट्रहरु नै बहुराष्ट्रिय कम्पनीहरुका लागि उर्वरभुमी हुन,जहाँ सबै किसिमका बस्तुहरुका निमित्त अनियंत्रित बजार सुरक्षित छ।सुरक्षित यश अर्थमा कि यस्ता गरिब रास्ट्रहरुका सबै सरकार ,नीतिनिर्माता ,नेता,बौद्धिक ,समुदाय र सानातिना सबै उधोगघन्दाहरुमाथी विभिन्न तरहले प्रभाव र नियन्त्रण जमाउने आर्थिक क्षमता उनिहरुमा उनिहरुमा रहन्छ !!