राजनीति
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट भारतमा २४ घण्टामा १ हजार ६० जना नयाँ संक्रमितको पुष्टि हुँदा २६ जनाले ज्यान गुमाएका छन्
योसँगै भारतमा संक्रमितको कुल संख्या १३ हजार ४ सय नाघ्दा ४४८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, त्यहाँ ११ हजार २ सयको उपचार जारी छ ।
१७ सय बढी संक्रमित भने उपचारपछि घर फर्किसकेका छन् । भारतमा हालसम्म ३ लाख बढी व्यक्तिमा कोरोना परीक्षण भइसकेको छ ।
त्यस्तै, पाकिस्तानमा बितेको २४ घण्टामा ५३६ संक्रमित थपिँदा १७ जनाले ज्यान गुमाएका छन् । त्यहाँ अब कुल संक्रमितको संख्या ६ हजार ९ सय नाघ्दा १२८ ले ज्यान गुमाएका छन् ।
पाकिस्तानमा ५ हजार बढी संक्रमितको उपचार जारी रहँदा १ हजार ६ सय व्यक्ति भने निको भइसकेका छन् ।
विश्वका २१० देशमा फैलिसकेको कोरोनाबाट शुक्रबार बिहानसम्म ८१ लाख ८१ हजार व्यक्ति संक्रमित भइसकेका छन् । जसमध्ये १ लाख ४५ हजारको मृत्यु हुँदा ५ लाख ४७ हजार संक्रमित उपचारपछि घर फर्किसकेका छन् ।