logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

काेराेनाबाट फेरि एक नेपालीकाे मृत्युु


  • राजनीति
  • शुक्रबार, बैशाख ५ २०७७

अमेरिकाको न्यूयोर्कबासी एक नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ६९ वर्षीय महेश अमात्यको बिहीबार स्थानीय जमाइका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

रिजउड नेपाली समाजका उपाध्यक्ष तुलसीराम आचार्यका अनुसार अमात्यलाई स्वास्थ्यमा थप समस्या आएपछि बुधवार साँभ अस्पताल लगिएको थियो । काठमाडौं घर भएका अमात्यका एक श्रीमती र ३ छोरा छन् । अमात्य केहीमहिना पहिले मात्रै अमेरिका आएको जानकारी दिइएको छ । परिवार निकटले दिएको जानकारी अनुसार उनकी श्रीमतीलाई समेत कोरोना भाइरसको लक्षण देखिएको छ।

अमात्यको दाहसंस्कार गर्न तथा परिवारलाई सहयोग पुर्‍याउने उदेश्यले अहिले गो फण्ड मार्फत रिजउड नेपाली समाजले आर्थिक संकलन शुरु गरेको छ । उपाध्यक्ष आचार्यले यस दुःखद घडीमा सहयोग गर्न सबैमा आग्रह गरेका छन् । अमात्यका एक छोरा अध्ययनका लागि अमेरिकामै छन् ।

अमात्य सहित अमेरिकाको न्यूयोर्कमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने गैरआवासीय नेपालीको संख्या ८ पुगेको छ । त्यसमध्ये ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने बाँकी ३ जनाको रिर्पोट नआएको बताइन्छ । हिजो बुधवार न्यूयोर्कमा संक्रमणका कारण काठमाडौंका पवनकुमार मल्लको घरमै मृत्यु भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार