logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

रुकुमका २ युवामा काेराेना पाेजेटिभ


  • राजनीति
  • शुक्रबार, बैशाख ५ २०७७

केही समय अघि भारतबाट फर्कियका रुकुमका दुई युवामा काेराेना पाेजिटिभ देखिएकाे छ। सुरुमा क्षेत्रीय अस्पताल सुर्खेत पछिधनगढीमा अस्पतालमा टेष्ट हुदापनि  पाेजेटिभ देखिएकाे बताइएकाे छ ।

कैलालीको धनगढीस्थित प्रयोगशालामा परीक्षण गर्दा दुई जनामा कोरोना संक्रमण देखिएपछि पुन परीक्षणका लागि काठमाडौं पठाइएको छ ।

सुर्खेतबाट पठाइएको रुकुम पश्चिमका दुई जनामा कोरोना संक्रमण पोजेटिभ देखिएपछि पुनपरीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको कर्णाली प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काले जानकारी दिए ।

सुर्खेतबाट कोरोना परीक्षणका लागि बिहीबार ९९ जनाको स्वाब धनगढी ल्याइएको थियो । ती नमुना धनगढीको पशुपक्षी अन्वेषण प्रयोगशालामा परीक्षण गरिएको थियो ।

सुर्खेतबाट ल्याइएका नमुनामध्ये दुई जनामा संक्रमणको आशंका देखिएपछि पुन स्वाब संकलन गरेर काठमाडौं पठाउनका लागि कर्णाली प्रदेशको क्षेत्रीय स्वास्थ्य निर्देशनालयलाई पत्राचार गरेको सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय प्रवक्ता तथा स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए । अनलाइन खबरबाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार