कोरोना भाइरस रोग संक्रमण नियन्त्रणका लागि २४ दिनदेखि देश लकडाउनमा छ । लकडाउनको समयमा अत्यावश्यक अवस्थामा बाहेक कोही पनि बाहिर निस्कन पाइदैन ।
औषधि उपचार तथा अत्यावश्यक सेवाका लागि भने अनुमतिमा निस्कन पाइन्छ । तर आज कलंकीमा प्रहरीद्वारा बि’रामी तथा औषधि किन्न गएका माथि नि’र्मम तरिकाले ला’ठि प्र’हार भयो । हिजो शिक्षण अस्पतालका तीन डाक्टर माथी ला’ठि प्र’हार भएको घट’ना सेलाउन नपाउदै प्रहरीद्वारा आज अर्काे ज्या’दती भयो ।
म रिपोर्टिङका लागि चक्रपथ परिक्रमा गर्ने क्रममा आज साँझ करिव ५ बजेतिर कलंकीमा जे देखेँ त्यो अति नै नि’कृष्ठ थियो । प्रहरीले सडकमा एकै परिवारका तीन जनालाई नि’यन्त्रणमा लिएको थियो । उहाँहरुको हातमा औषधिको झोला थियो । म नजिक जान खोजे तर मलाई प्रहरीले रो’क्यो मेरो क्यामरा ज’फत गर्छाै भनी ध’म्की पनि दिए । नियन्त्रणमा रहेकाहरुले भनिरहनु भएको थियो हामी औषधि किन्न आएका हौं,हामी बील देखाउछौ तर प्रहरीले कुरै नसुनी एकाएक ला’ठि प्रहार गर्यो । उहाँहरु मेडिकल पसलबाट निस्किएको देख्दा देख्दै सडकमा पाइला राख्न नपाउदै नियन्त्रणमा लिई प्रहरी निरीक्षकको नेतृत्वमा भएको यो ज्या’दती खे’दज’नक छ ।
मलाई नजिक जान नदिएकाले गर्दा मैले पीडितको विवरण लिन सकिन । मैले यस विषयमा तत्कालै महानगरिय प्रहरी प्रभाग कालिमाटीका प्रमुखलाई जानकारी गराएँ । उहाँले यस विषयमा छानविन गर्ने बताउनुभएको छ ।
महिलालाई पुरुष प्रहरीले नि’यन्त्रणमा लिएर नि’र्मम व्यवहार गर्यो जुन नि’न्दनी’य छ । केही प्रहरीको यस्तै व्यवहारले प्रहरी संगठनलाई नै ब’दना’म गरिरहेको छ । हेल्थपाटी डटकम यस घटनाको तत्कालै छानबीन गरि घटनामा संलग्न प्रहरीलाई कडा का’र्वाही’को मा’ग गर्दछ । सम्पादन नगरिएको दृश्य ।
यो समाचार हेल्थपाटीमा जगन्नाथ खतिवडाले लेखेकाछन ।