logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

आजबाट भाटभटेनी खुल्ला रहने


  • राजनीति
  • शुक्रबार, बैशाख ५ २०७७

भाटभटेनी सुपरमार्केटले उपत्यकाका विभिन्न ६ स्टोर खुला गर्ने निर्णय गरेको छ । ग्राहकको गुणस्तरीय दैनिक उपभोग्य बस्तु खरिन गर्ने चाहनालाई मध्यनजर गर्दै शुक्रबारदेखि स्टोर खुला गर्ने निर्णय गरिएको भाटभटेनी सुपमार्केटका चिफ अपरेटिङ अफिसर पानु पौडेलले जानकारी दिए ।

उनकाअनुसार कोरोनाभाइरसको त्रासका कारण मुलुक लकडाउनमा गएपछि भाटभटेनीले होम डेलिभरीको सुविधा दिँदै आएकोमा आजदेखि स्टोर नै खुला राख्ने निर्णय भएको हो ।

जसअनुसार बिहान १ बजेदेखि बेलुका ७ बजेसम्म स्टोर खुल्नेछ । तर, स्टोरमा पर्याप्त सावधानी अपनाइएको छ । एक पटकमा स्टोरभित्र १० जनालाई मात्रै प्रवेश दिइने र त्यसमा पनि सोसियल डिस्ट्यान्सिङ कायम गरिने उनले जानकारी दिए ।

उनका अनुसार राजधानीका कलंकी, महाराजगन्ज, नक्साल, पुरानो भाटभटेनी, भक्तपुर र पुल्चोकको स्टोर खुल्ला रहनेछ ।

‘लककडाउनको कारण सिर्जित विषम परिस्थितिमा ग्राहकको गुणस्तरीय सामान खरिद गर्ने चाहनालाई मध्यनजर गर्दै स्टोर खुला गर्ने निर्णय गरिएको हो’ पौडेलले भने, ‘स्टोरमा पर्याप्त सावधानी अपनाइएको छ, ग्राहकले सोसियल डिस्यान्स कायम गरेर ढुक्कले सामान खरिद गर्न सक्नुहुन्छ ।’

यस्तै भाटभटेनीका उपत्यकाबाहिरका १० स्थानका स्टोर पनि खुला रहने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार