राजनीति
सत्तारुढ दल नेकपाका युवा नेता तथा केन्द्रीय सदस्य हिमाल शर्माले मजदुरहरुका समस्या सामधान गर्न सरकार चुकेकाे भन्दै काम गरेर छाक टार्नेहरुकाे समस्यामा समवेदनशील बन्न आग्रह गरेका छन् ।
लकडाउनका कारण सयाै मजदुरहरु भाेकभाेकै पैदल हिडेर घरतिर हिडेका कारुणियक दृश्यले सामाजिक सञ्जाल तातेकाे छ । ती मजदुरहरु भाेकभाेकै बालबच्चा सहित सडकमा सुतेकाे हिडेका अलपत्र परेका दृश्यले जाे कसैकाे मन खिन्न मात्रै हुदैन उत्तिकै आक्राेस पनि जन्मिन्छ ।
सरकारले ती मजदुर लक्षित कुनै प्रभावकारी राहत का कार्यक्रम घाेषणा गर्न सकिरहेकाे छैन यस अवस्थामा नेता शर्माले सरकारलाइ १८ बुदे सुझाव लेखेका छन् ।
हेर्नुस १८ बुदा
१)गरिव दुखी मजदुरको हालत र पिडालाई देखेर नि नदेखै झै नगरुम् न ! सरकार !!
२)बिकल्प भन्ने हरेक चिजको हुन्छ !
३)स्वास्थ्य सतर्कता र सुरक्षाका बिधी अपनाउदै समाधानको केहि उपायहरु निकालौ !
४)हाई वे मा हिडिरहेकाहरुलाई छोपेर सम्वन्धित जिल्लाको सदरमुकाम सम्म पुर््याईदिऊ !
५)राजधानीमा अड्केकाहरुलाई केहि दिनमा ब्यवस्था हुन्छ तत्काललाई काठमाडौ बाट ननिस्कौ भनेर ढुक्क तुल्याऔ ।
६)यातायात ब्यवसायी महासंघ ले सातै प्रदेसमा लैजान सक्छ त्यसकोलागि छुट्टा छुट्टै समय र लेकेसन दिएर जिल्ला वाईज आहा्वान गरौ !
७)सकेसम्म जानेहरुको RDT गरेर पठाऔ ! र सेल्फ क्वारेन्चाईनलाई पालना गर्न सुझाउ !
८)खाध्यन्नको संकट टार्न गाउको बारीमा उत्पादन फलाउन प्रोत्साहान गरौ ।
९)ख्याल गरौ पैसा हुनेले पनि खाध्यान्न किन्न पनि नपाउने वेला आउन सक्छ ! भारतको खाध्यन्नको भर नपरौ !
१०) राहात वितरणमा राजनीति नगरौ !
११) नागरिकता नहुनेलाई कतिपय ठॉउमा राहात नदिएको भन्ने पाईएको छ । यो कुरा खारेज गरौ ।यतिवेला मानविय हिसावले अरु मुलुकका नागरिक भएमा पनि भोकै मर्न दिनु हुदैन !
११) सिमा क्षेत्रमा आईपुगेर आफ्ठ्यारोमा रहेका नागरिकलाई हाम्रो भुगेल भित्र ल्याई क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाऔ !
१२) स्वास्थ्यकर्मीको सम्मान गरौ ! अस्पतालहरुमा प्रयाप्त मात्रमा उपकरण उपलव्ध गराऔ । निजि अस्पताले पनि RDT परिक्षण गर्ने ब्यवस्था मिलाऔ ! PCR को दायारा अझै ठुलो फराकिलो बनाऔ ।
१३) सुरक्षाकर्मीको खटाई सलाम योग्य छ ! प्रहरीले नियन्त्र गर्ने तौर तरिकामा अलि संयम बनौ ! नागरिकले पनि सहयोग गरौ !
१४)सॉसद विकासकोषको रकमलाई रकमान्तर गरेर प्रम राहारतोषमा राखौ !
१५)यस्तो बेलामा पनि भ्रष्टचारको ग्रन्थि रसाउने जो सुकै किन नहोस् त्यस्तालाई ढाकछोप नगरौ ठॉउको ठाँउ कार्वाहि गरेर देखॉउ !
१६) सरकारले गरेको घोषणा र wHO ले गरेके निर्देशनलाई हामि सबैले पुर्णरुपमा पालना गरौ !
१७) किममेल गर्दा सामाजिक दुरिलाई ध्यान दिउ ! घरमै रहदा पनि पटक पटक सावुन पानीले मिचमिची हात धोऔ ।
१८) लकडाउनको मर्म बुझेर यस्तो बेला सेल्फ क्वारेन्टीलाई
आफै सुरक्षित राखौ !
# आशा कम्युनिष्ट सरकारको नै हो !