logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

यी हुन सडकमा पैसा छर्केर भाग्ने महिला हेर्नुस् फाेटाे


  • राजनीति
  • शुक्रबार, बैशाख ५ २०७७

जनकपुरमा सडकमा पैसा फालेर भाग्ने दुई महिलाकाे तस्विर सार्वजनिक प्रहरीले सार्वजनिक गरेकाे छ ।

जनकपुरधाम वडा नम्बर ४ महावीर चोकमा आज दिउँसो एकबजे तिर दुईजनाको समूहमा रहेको ती महिलाहरुले १० रुपैयाँको नोट छरेर भागेको स्थानीयवासीहरुको भनाई छ ।

निलो र हरियो रंगको साडी लगाएकी उनीहरुले करिब सय मिटरको दूरीसम्म सडक र पसलको छेउमा रुपैयाँ फ्यालेको त्यहाँका स्थानीयवासीहरुले बताए पछि प्रहरीले उनिहरूकाे खाेजी गरिरहेकाे छ ।

सडकमा फ्यालिएका रुपैयाँका केही नोटहरु प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थलमा पुगेको प्रहरी टोलीले रुपैयाँ फ्यालिएको स्थानहरु सेनेटाइज गरेका छन् । सडकमा रुपैयाँ फ्याल्ने दुबै महिलाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार