logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

गर्भवती महिलामा लक्षण बिना काेराेना संक्रमण


  • राजनीति
  • शुक्रबार, बैशाख ५ २०७७

अमेरिकाको न्युयोर्क शहरमा पछिल्ला साताहरुमा बच्चा जन्माएका कोरोना संक्रमित महिलामध्ये अधिकाँशमा कुनै लक्षण देखिएको पाइएन, एक नयाँ अध्ययनले जनाएको छ ।

न्युयोर्क प्रेसवाइटेरियन र कोलम्बिया युनिभर्सिटी मेडिकल सेन्टरले २२ मार्चदेखि अप्रिल ४ सम्म अस्पताल भर्ना भएका २ सय महिलाको स्क्रिनिङ गरेका थिए । त्यसमध्ये ३३ जनामा कोरोनाको संक्रमति रहेको पाइयो,तर २९ जनामा कुनै लक्षण थिएन ।

अध्ययनमा सहभागी चिकित्सकहरुकाअनुसार प्रसूति अवस्थाका महिलामा १३ मार्च २०२० मा पहिलोपटक कोरोना देखिएको थियो । यस अध्ययनले लक्षण नदेखिएका प्रसूति अवस्थाका बिरामीहरुमा कोभिड–१९ हुनसक्ने खतरालाई औंल्याएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार