logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

बालुवाटार बैठक , अलपत्र मजदुरबारे कुनै निर्णय भएन


  • राजनीति
  • शुक्रबार, बैशाख ५ २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन अझ कडा पार्न निर्देशन दिएका छन् ।

शुक्रबार साँझ मन्त्रिसहित कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका सदस्यहरुलाई बोलाएर प्रधानमन्त्री ओलीले लकडाउनलाई कडीकडाउ गर्न निर्देशन दिएका हुन् ।

मन्त्री तथा उच्चस्तरीय समितिका सदस्यसहित सुरक्षा अंगका प्रमुखहरुलाई बालुवाटारमा बोलाएर निर्देशन दिँदै प्रधानमन्त्री ओलीले सरकारको निर्णय नमान्ने जोकसैलाई कारवाहीको दायरामा ल्याउन समेत भनेका छन् ।

‘लकडाउनलाई कडिकडाउ गर्नु, कसैलाई पनि छुस्रुक्क पनि हिँडन नदिनु,’ प्रधानमन्त्री ओलीले दिएको निर्देशन उद्धृत गर्दै एक सुरक्षा अंगका प्रमुखले भने, ‘लकडाउन सवैका लागि हो । यसको कार्यान्वयन गर्ने मुख्य दायित्व सुरक्षा निकायको हो, यस्तो अवस्थामा सुरक्षा निकाय के हेरेर बसेको छ ?’ प्रधानमन्त्री ओलीको प्रश्न थियो ।

तर बैठकमा अलपत्र मजदुरका बारेमा भने प्रधानमन्त्री ओली मौन प्रायः बसे । एक मन्त्रीका अनुसार लकडाउन प्रभावकारी बनाउने भनिएपनि पैदल हिँडेर अलपत्र परेका मजदुरका बारेमा खासै छलफल र निर्देशन भएन । सरकारले लकडाउनपछि मर्कामा परेका मजदुर वर्गको व्यवस्थापन गर्न नसकेको भन्दै चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्रीले विशेष बैठक बोेलाएर उनीहरुको व्यवस्थापन गर्ने अपेक्षा गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार