logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेपालभित्र संक्रमितमध्ये आधा भारतीय नागरिक, सयोग कि षड्यन्त्र ?


  • राजनीति
  • शनिबार, बैशाख ६ २०७७

विश्व महामारी बनेको कोरोना नेपालमा पनि यस भाइरसका संक्रमित संख्या ३० पुगेको छ । रोचक पक्ष यो छ कि संक्रमितमध्ये आधा अर्थात् १५ जना भारतीय नागरिक हुन् । उनीहरु सबै मस्जिदमा भेटिएका हुन् ।

संक्रमितमध्ये आज एकै दिन १२ जना भारतीय नागरिक उदयपुरको त्रियुगा नगरपालिकाको भुल्केस्थित मस्जिदमा भेटिएका हुन् । उनीहरुको स्वाब परीक्षणबाट संक्रमण पत्ता लागेको थियो । उनीहरु ४ नेपाल मुस्लिम धर्मगुरुसँगै थिए । १२ जना कुन मितिमा नेपाल प्रवेश गरे भन्नेबारे स्पष्ट नभएपनि फागुनको शुरुमा प्रवेश गरेको दाबी गरिएको छ । यसमा आशंका पैदा भएको छ ।

यसैगरी, वीरगञ्जमा पत्ता लागेका ३ जना पनि भारतीय नागरिक नै हुन् । उनीहरु वीरगञ्जस्थित छपकैयाको मस्जिदमा भेटिएका थिए । उनीहरु पनि नेपाल प्रवेश गरेको मितिबारे आशंका बढेको छ ।

नेपालमा हालसम्म पत्ता लागेका कोरोना संक्रमितमध्ये आधा भारतीय नागरिक हुनु र उनीहरु सबै मुस्लिम समुदायका हुनुले सरकारलाई गम्भीर बनाएको छ । कतै लुकेर बस्नु कतै पैसा छर्दै हिड्नुको उद्देश्य हेर्दा यो संयोग मात्र नभएर षड्यन्त्र त होइन भन्ने खालको प्रश्न जन्मिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार