logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

संक्रमितसंगै भएका ९१ जना सम्पर्क बाहिर


  • पत्रपत्रिका
  • शनिबार, बैशाख ६ २०७७

हालसम्म नेपालमा भेटिएका कोरोना संक्रमितमध्ये अधिकांश विदेशबाटै आउने व्यक्तिहरु छन् ।

संक्रमितमध्ये कोही भारतबाट स्थल मार्ग हुँदै आएका छन्, कोही विभिन्न अन्तर्राष्ट्रिय उडान हुँदै आएको पाइएको छ ।

अन्तर्राष्ट्रिय उडानबाट आएर संक्रमण पुष्टि भएका व्यक्तिहरुले स्वदेश आउँदा अहिलेसम्म चारवटा विमान प्रयोग गरेको देखिएको छ । भने स्वदेश आएपछि गन्तव्यमा पुग्न दुई आन्तरिक विमान प्रयोग गरेको पाइएको छ ।

यसैगरी, संक्रमितमध्ये केहीले स्वदेश आएपछि समेत आन्तरिक उडानमार्फत यात्रा गरेको र उनीहरु सवार विमानको पहिचान गरेर प्रहरीले खोजी गरिरहेको छ । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार