logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कोरोना आक्रान्त न्यूयोर्कका गभर्नरविरुद्ध ट्रम्पको हमला


  • एजेन्सी
  • शनिबार, बैशाख ६ २०७७

This combination of two file photos shows New York Gov. Andrew Cuomo on Feb. 14, 2019, and President Donald Trump on April 17, 2018. New York's Democratic governor told reporters Wednesday, Feb. 26, 2020, that the Republican president is punishing blue states, including New York, over their politics as the president runs for re-election. (AP Photo/Seth Wenig, Cuomo; Pablo Martinez Monsivais, Trump, File)

बिहिबार अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरसका कारण जुन प्रतिबन्ध लगाइएका छन् त्यसलाई हटाउने निर्णय राज्यको गर्भनरको हुनुपर्ने र संघीय सरकार यो विषयमा दिशानिर्देश मात्रै जारी गर्न सक्ने बताएका थिए ।

तर त्यसपछि शुक्रबार न्यूयोर्कका गभर्नर एन्ड्रू कूमो पत्रकार सम्मेलनमा बोलिरहेका बेला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनीविरुद्ध एकपछि अर्को ट्वीट गर्दै लगातार हमला गरिरहे ।

कूमोले संघीय सरकारले लकडाउन हटाउनका लागि आवश्यक आर्थिक मद्दत नगरिरहेको र यस्तोमा मद्दत बिना राज्य सरकारले अगाडिको कदम बढाउन नसक्ने बढाए ।

एन्ड्रू कूमोमाथि आरोप लगाउँदै ट्रम्पले ट्वीट गरे, ‘गभर्नर कूमोले आलोचना गर्न कम समय खर्च गर्नुपर्छ र आफ्नो काम गर्न धेरै समय छुट्याउनुपर्छ । घरबाट बाहिर निस्कनुहोस् र काम गर्नुहोस् । हामीले न्यूयोर्कको अस्पतालमा हजार बेडको व्यवस्था गरेका छौं, ठूलो संख्यामा तपाईंलाई भेन्टिलेटर्स दिएका छौं ।’

‘हामीले न्यूयोर्कलाई कुनै पनि अन्य राज्यको तुलनामा अत्यधिक पैसा, मद्दत र उपकरण दिएका छौं । यी महान व्यक्तित्वले कहिले पनि काम गरेनन् । यहाँबाट आइरहेको आँकडा ठिक पनि छैन ।’

ट्रम्पले अर्को एउटा ट्वीट गरे, ‘कूमोले ४० हजार भेन्टिलेटर्सको माग गरेका थिए । हामीले उनलाई केही संख्यामा भेन्टिलेटर्स दिएका थियौं तर त्यो पर्याप्त थियो । राज्यले पहिले नै आफूसँग स्टक राख्नुपर्दथ्यो ।’

ट्रम्पको ट्वीटपटि डेमोक्रेट नेता कूमोले आरोप लगाउँदै भने, ‘यदि ट्रम्प घरमा बसेर टिभी हेरिरहेका छन् भने उनले त्यहाँबाट उठेर काममा जानुपर्छ ।’

कूमोले राज्यमा लकडाउन हटाउन र साधारण जनजीवन पुनः सुरु गर्नका लागि जुन आर्थिक मद्दत चाहिन्छ, त्यो संघीय सरकारले नदिएको आरोप लगाएका छन् । उनले भने, ‘आर्थिक मद्दत बिना ट्रम्पले यो आसै गर्नु हुन्नँ कि यो विषयमा थप कदम उठाउन सकिन्छ ।’

उनले भने, ‘बिहिबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले राज्य कसरी लकडाउनको स्थितीबाट बाहिर निस्कने भनेर केही कुरै गरेनन् । उनले यो राज्यमा निर्भर हुने बताउँदै आफूले भने केही गरिरहेका छैनन् । तर यो पहिला पनि राज्यको गर्भनरमा नै निर्भर थियो ।’

अधिकांश कानूनी विशेषज्ञले राज्यमा काम गर्ने अधिकार संघीय सरकारको नभई गर्भनरको हुने बताउँदै आएका छन् ।

यसअघि ट्रम्पले राज्यमा प्रतिबन्ध हटाउनेबारे आफूले नै निर्णय लिनसक्ने बताएका थिए । यद्यपि, पछि उनी यसको निर्णय राज्यका गभर्नरको हुनुपर्ने र संघीय सरकार यसमा दिशानिर्देशमात्र जारी गर्न सक्ने कुरामा राजी भएका थिए ।

ट्रम्प यतिमा मात्रै रोकिएनन् उनले एकपछि अर्को ट्वीट गर्दै तीन राज्यका जनताले उनीहरुको गर्भनरबाट स्वतन्त्रता पाउनुपर्छ भन्दै उनीहरु अपिल गरेका छन् । यी तीन राज्य – भर्जिनिया, मिशिगन र मिनेसोटामा डेमोक्रेटिक पार्टीको सरकार छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार