यतिबेला सिङ्गो मानवसागर एउटा सुक्ष्म कोरोनाको महाविश्वयुद्धमा उत्रियको छ । विज्ञानलाई नै चुनौतीको विषय भईरहेको कोरोना भाइरस अर्थात covid 19 ले संसारलाई थेग्न नसकिने गरि वेदनाको आहालमा डुबाइदिएको छ । विज्ञानको छलाङसँगै उत्पन्न भएको यो महामारी विश्वभर फैलिइसकेको छ । मर्नेको संख्या लाखौंको नजिक पुग्ने देखिन्छ भने संक्रमितहरुको संख्या दशौं लाख पुग्ने अनुमान गर्न सकिन्छ । र यो महामारीबाट नेपाल पनि अछुतो रहन सक्ने कुरा भएन नै ।
विश्वका महाशक्तिशाली मानिएका देशहरूमा कोरोना कहरले झनै आक्रान्त र बेहालको स्थिती बनाईदिएको छ । र उनिहरुको कथित सपन्नतालाई धुलो चटाइदिएको छ । यो संकटको बखतमा मानव रक्षाका निम्ति दुनियाँ भरका युवाहरुमा आफ्नो उत्तरदायी पूरा गर्ने युगिन जिम्मेवारी हाम्रा सामु अघि सारिदिएको छ ।
विकासका हरेक दृष्टिकोणमा कमजोर नेपाल कोरोना महामारिको उच्च जोखिम र त्रासमा जिइरहेको छ । प्रकृतिले पैदा गरेका हरेक समस्यासँग जब राज्यसँग लड्ने सामार्थ्य हुँदैन त्यसको प्रत्यक्ष असर र प्रभाव मानव जातिमा नै पर्छ । जबजब आफ्नो देशलाई संकट पर्छ, तब त्यहाँका युवाहरूमा देशलाई बचाउने र बदल्ने जोस जाँगर उत्साह र साहस अदभूतभूत ढंगले सिर्जना हुन्छ । युवाहरुले इतिहासका कालखण्डमा आफुहरुलाई के साबित गरिदिएका छन् भने युवाहरू जस्तोसुकै समस्यासँग पनि सहजै जुध्न सक्ने आँट र अदम्य सौर्य र साहास हुन्छ । र हुनुपनी पर्छ,भन्ने कुरा सिद्ध गरिदिएका छन । पछिल्लो समयमा विश्वलाई नै तहसनहस बनाउने कोरोना भाइरस covid 19 सँग पनि युवाहरुले प्रत्येक्ष ढंगले सामना गरिरहेका छन ।
हरेक चुनौती र अप्ठ्याराहरुसँग सहजै प्रतिकार गर्ने युवाहरू आज विश्वमा आतंक मच्चाइरहेको कोरोना भाइरससँग पनि युवाहरूले सजिलै प्रतिकार गरिरहेका छन । यो युवा वर्गहरुको युगिन कर्तव्य पनि हो । मानव जातलाई नमिठो खालको अनुभुती भैइरहेको छ । गाउँबस्तिहरु शोकमग्न र स्तब्ध छन । मान्छेका अनुहारहरु उदासीन र कोरोनासँगको लडाइँमा पराजयको अनुभुती बटुली रहेका छन । विश्वका सुविधा सम्पन्न शहरहरु र भोकमरीले छ्ट्पटी रहेका गाउँबस्तीहरुमा एउटै खालका आँशु बगिरहेका छ्न् । सारा संसार नराम्रोसँग छट्पटाई रहेको छ । हरेक मान्छेका मनमस्तिष्कहरुमा त्रास र आतंकको ज्वाला बलिरहेको छ । मानिस त्रसित र भयभीतको जीवन जिउन बाध्य भएका छन ।
विज्ञानको विकाससँगै उत्पादन भएका ठुला-ठुला मिसाइल र गनसिक फाइटर विमानहरुपनि यसकासामु निस्काम भएका छन । जीवनलाई नै बेवास्ता गरि आफ्नो प्रीय शरीर देश र जनताको लागि समर्पित गरि अग्रणी भुमिका निर्वाह गरेका छन । युवाहरुले दुखी, गरिब, असहाय र आम जनतासँग प्रत्येक्ष नातागाँसी अगाडि बडिरहेका छन । आम जनताका साहारा भएर जिइरहेका छन । युवाहरुको नशा-नशामा देशभक्तिको रगत बगेको हुन्छ, त्यसैले त आफ्नो जीवन सुम्पिन पुग्दछ्न ।
आजपनी कोरोनाको महाविपत्तिमा आफुलाई अब्बल दर्जाको युवाको रुपमा साबित गर्न पुगेका छन । युवा शक्ति देशको मेरुदण्ड हो । त्यति मात्र नभई परि आउँदा देशका निम्ति जस्तोसुकै चुनौती पनि मोल्न सक्ने र सम्भावनालाई यथार्थमा परिणत गर्ने तथा समाज बदल्नका निम्ति महत्त्वपूर्ण भुमिका निर्बाह गर्ने सक्ने शक्ति पनि हो । त्यसैले प्रत्येक नागरिकले कोरोनासँगको लडाइँमा आफू सहभागी भई, यो महामारीलाई उच्च मनोबलका साथ जित्ने गरि लडौं । फेरि एउटा सुन्दर समाज निर्माण गरौं । इतिहासले फेरि पनि युवाहरुको भुमिकाको आवश्यकता बोध गरेको छ ।
लेखक विप्लव निकट युवा संगठन जाजरकोटका अध्यक्ष हुन् ।