राजनीति
माओवादी केन्द्रको पोलिटब्युरो सदस्य राजकाजी गुरुङको वाइसिएल नेपाल चार नं. प्रदेशको बैठकमा गम्भीर आलोचना भएको छ । पछिलो चरण निकै आलोचना खेपेका माओवादी नेता गुरुङ ‘करण’को मनोमानी गतिविधिविरुद्ध बैठकमा गम्भीर आलोचना भएको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार नेता गुरुङको निर्णय र घोषणाले अराजक्तालाई बढावा दिएको भन्दै चर्को आलोचना भएको हो । ‘इन्चार्ज सम्बन्धित समितिको माथिल्लो समितिले बनाउने हो । जिल्ला पार्टीले फ्याक्सन इन्चार्ज मात्र बनाउन सक्छ,’ बैठकको सार सुनाउँदै एक नेताले भने । बैठकले नेता गुरुङको घोषणा विपरित वाइसिएल कास्की ईन्चार्जमा संगठनका केन्द्रीय सदस्य सुवास पौडेललाइ नै निरन्तरता दिएको छ ।
बैठकमा पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता हितराज पाण्डे, वाइसिएल केन्द्रीय उपाध्यक्ष सुमन देवकोटा लगायतको उपस्थिति थियो ।
माओवादी केन्द्रको पोलिटब्युरो सदस्य समेत रहेका नेता करण कास्की जिल्ला पार्टी इन्चार्ज समेत हुन् र उनलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको किचेन क्याबिनेट सदस्यका रुपमा कार्यकर्ताहरुले चिन्ने गर्छन l उनको प्रचण्डसंग सोझो सम्पर्क रहेको बताइन्छ
sajhapost